बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बैंकिङ कसुरकी फरार अभियुक्त पक्राउ

बैंकिङ कसुरकी फरार अभियुक्त पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०८०, आइतबार

बागलुङ/ बैंकिङ कसुर गरेको आरोपमा ८ लाख जरिवाना तोकिएकी एक फरार अभियुक्त तीन बर्षपछि पक्राउ परेकी छिन् ।
बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ की ४८ बर्षिय मिना कुमारी कंडेललाई प्रहरीले पक्राउ गरेको हो ।
तीन बर्षअघि २०७७ माघ १३ गते उच्च अदालत पाटनको बाणिज्य इजलासले कंडेललाई ८ लाख जरिवानासहित तीन महिना कैद सजाय तोकेको थियो ।
आदेशपछि फरार कंडेल आइतवार पक्राउ परेको प्रहरी नायव उपरिक्षक मदन केसीले बताए । प्रहरीले कंडेललाई जिल्ला अदालत बागलुङमा पठाएको छ । कंडेललाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १५ अनुसार कारवाही हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->