बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निसीखोलामा माघको २ र ३ गते सार्वजनिक बिदा

निसीखोलामा माघको २ र ३ गते सार्वजनिक बिदा


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८०, सोमबार

बागलुङ/ जिल्लाको निसीखोला गाउँपालिकाले आगामी माघ २ र ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा गाउँपालिकाले २ दिन स्थानीय बिदा दिने भएको हो ।
गाउँ कार्यपालिकाको बैठकको निर्णय भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दले दुई दिन सार्वजनिक बिदा गरिएको सूचना जारी गरेका छन् । उक्त दुई दिन निसीखोला गाउँपालिकामा रहेका सरकारी तथा सार्वजनिक संस्थाहरुका लागि सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।
माघेशक्रान्ति पर्वकै निरन्तरता भन्दै दिइएको सार्वजनिक बिदाको विषयमा सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । माघ १ गते देशभरनै सार्वजनिक बिदा हुने भएपछि गाउँपालिकाले २ र ३ गते स्थानीय बिदा राखेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->