बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सामुदायीक बनमा आगलागी, स्थानीय चिन्तित

सामुदायीक बनमा आगलागी, स्थानीय चिन्तित


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८०, सोमबार

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाका दुई सामुदायीक वनमा ठ्ुलो आगलागी भएको छ । सोमबार दिउँसोदेखि दुईवटै सामुदायीक बनमा आगलागी भएको हो । आगो नियन्त्रण बाहिर रहेकाले स्थानीय चिन्तित बनेका छन् ।

जैमिनी नगरपालिका वडा नं १ र बागलुङ नगरपालिका १२ मा पर्ने सामुदायीक वनमा आगलागी हुँदा जंगल क्षेत्रमा क्षति भएको स्थानीय सुर्य आचार्यले जानकारी दिए । जलुके तारेभीर सामुदायीक वन, तारेभीर समुदायीक वनसम्म आगो फैलिएको छ ।

भीरालो जमिनमा रहेको बन क्षेत्रमा आगो लागेकाले आगो नियन्त्रण गर्न कठिन छ । सँगै रहेको पल्लो पाखा सामुदायीक बन तथा बस्तिहरुमा आगो प्रबेश गर्ने त्रास रहेको शर्माले बताए । आगलागीको कारण खुलेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->