बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मुख्यमन्त्रीलाई डालीभरी भाँगो, भट्ट र गुन्द्रुक उपहार

मुख्यमन्त्रीलाई डालीभरी भाँगो, भट्ट र गुन्द्रुक उपहार


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८०, मंगलबार

बागलुङ/ तेस्रो जैमिनी महोत्सवको मुख्य समारोह । जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा रहेको सहारा खेल मैदानमा खचाखच दर्शक थिए । निर्धारित समय भन्दा झण्डै डेढ घण्टा डिलो कार्यक्रम उद्घाटनका लागि हेलिकप्टर चडेर गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे आए ।

महोत्सवको उद्घाटनका लागि गण्डकी प्रदेशका मन्त्री र सांसदहरुको दलबल सहित कुश्मीशेरा पुगेका पाण्डेले कार्यक्रम उद्घाटन गरे । बीस मिनेट लामो सम्बोधन गरे र बिदा मागे । आयोजक सहारा क्लव कुश्मीशेराले उनलाई खालीहात नपठाउने भन्दै मायाँको चिनो दिने घोषणा ग¥यो । मायाको चिनो लिन मञ्चको अघी उभिएका पाण्डेले सहारा क्लवले दिएको चिनोबाट जैमिनीको सन्देश बोकेर फर्किए ।

मुख्यमन्त्री पाण्डेले एक डाली चिनो पाए । स्थानीय उत्पादनका बिषयमा मुख्यमन्त्रीलाई जानकारी गराउने, प्रचार गर्ने र ध्यानाकर्षण गराउने काम आयोजकले एकै पटक गरे । जैमिनीमा उत्पादन हुने बाँसको चोयाको डालीमा भाँगो, भटमास, गुन्द्रुक, सिस्नोको धुलो र आलुको चिप्स राखिएको थियो । जैमिनीका किसान आँफैले उत्पादन गरेका यी खाद्यबस्तुहरु मुख्यमन्त्रीले मायाँको चिनोको रुपमा मात्रै ग्रहण गरेनन् यहाँका किसानको उत्पादन बढाउने र बजारीकरण गर्ने जिम्मेबारीको ध्याकर्षण समेत भयो ।

‘मुख्यमन्त्रीलाई हाम्रो उत्पादनको चिनारी दिएका हौं, यसले हाम्रा उत्पादन प्रति उहाँको रुची जागोस भन्ने हो, नीति बनाउँदा, बजेट बनाउँदा हाम्रा उत्पादनले उहाँलाई झकझकाउँछन्,’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने ‘हाम्रा उत्पादनको प्रचार गर्ने नयाँ शैली हो, मायाँको चिनो दिँदा कामलाग्ने चिज दिउँ भन्ने सन्देश पनि हो ।’

मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री होला भन्ने ठानेका मुख्यमन्त्रीले दंग पर्दै डाली समाए । तर कुनै प्रतिकृया भने जनाएनन् । ‘हामीले हाम्रै उत्पादन उपहार दिएका छौं’, कार्यक्रम उद्घोषण गरिरहेका स्थानीय शिक्षक नविन प्रताप जिसीले भने, ‘हाम्रा किसान दाजुभाईको मेहनत मुख्यमन्त्रीलाई दिन पाउनु हाम्रो गौरवको कुरा हो, यो चिनोका अनेक सन्देश छन् ।’ जैमिनी नगरपालिका, ३ दमेकका किसानले तयार गरेको जंगली बाँकोको गुन्द्रुक, सिस्नोको पाउडर, दमेककै भाँगो र पैञ्युथन्थापको भट्ट तथा दमेककै आलुको चिप्स मुख्यमन्त्रीलाई थमाइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->