बागलुङ/ बागलुङमा कार्यक्रम गर्न आएका दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ । कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले बताए ।
उनले भने, ‘हातपात गर्न खोज्ने बागलुङ नगरपालिका, ७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेका छौं ।’ उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।





