बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सोमबार ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर हुने, १३ बढी युनिभर्सिटीका प्रतिनिधि आउने

सोमबार ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर हुने, १३ बढी युनिभर्सिटीका प्रतिनिधि आउने


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८०, शुक्रबार

पाेखरा / ग्लोबल रिचले सोमबार पोखरामा एजुकेसन फेयर गर्ने भएको छ । अष्टे«लियाको विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि एजुकेसन फेयरको आयोजना गर्न लागिएको हो ।

विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन गर्न लागेको हो ।

ग्लोबल रिचको भाटभटेनीस्थित पोखरा शाखाको कार्यक्रम विहान दश बजेदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीलाई अध्ययनको क्रममा आवश्यक पर्ने जानकारी दिन अष्ट्रेलियाका १३ बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ ।

कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन । कार्यक्रममा अष्ट्रेलियामा लागु भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी दिइनेछ । कार्यक्रममा विद्यार्थीहरूलाई सत –प्रतिशत छात्रवृत्ति प्रदानबारे जानकरी उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ ।

विद्यार्थीहरूले अष्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययनपछि सिर्जना हुने रोजगारीका अवसर लगायत विविध विषयमा अन्तक्रिर्याबाट प्रस्ट हुन सक्नेछन् । कार्यक्रममा सहभागीताका लागि कुनै पनि शुल्क लाग्ने छैन।

फेयरमा सिक्यु युनिर्भसिटी, कुर्टीन युनिभर्सिटी, एसीए भिक्टोरिया युनिर्भसिटीको सिड्नी र ब्रिसबेनको शाखा, स्विब्रुने युनिर्भसिटी, युनिर्भसिटी अफ क्याबेरा, युनिर्भसिटी अफ तासमानिया, एपिक, हेलि, इसीए कलेज अफ हेल्थ साइन्स, इथित कोवान युनिर्भसिटी, कापलान विजनेश स्कुल, युनिर्भसिटी अफ न्यु इंगल्यान्ड, युनिर्भसिटी अफ टेक्नोलोजी सिड्नी र वेस्र्टन सिड्नी युनिर्भसिटीका प्रतिनिधिको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->