शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनी–कोरला सडकमा अब काम नगर्नेको बिकल्प खोजिन्छ : मन्त्री ज्वाला

बेनी–कोरला सडकमा अब काम नगर्नेको बिकल्प खोजिन्छ : मन्त्री ज्वाला


  • हरिकृष्ण गौतम
  • माघ ७ २०८०, आइतबार

बेनी/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डको स्थलगत अनुगमन गरेका छन् । सडक निर्माणमा देखिएका समस्या, निर्माण कम्पनीको ढिलासुस्ती, बाढीपहिरो क्षती पुगेको स्थानमा पुगेर निरीक्षण गरेका हुन्् । कालिगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–मालढुंगा सडकखण्ड, बेनी–जोमसोम सडकखण्ड अन्तरगत भुरुङ तातोपानीसम्म पुगेर निर्माणधिन अवस्थाको सडकमा देखिएका समस्यालाई पन्छाएर समयमै योजना सम्पन्न गर्न निर्देशद दिए ।

‘काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिन्छ, कालिगण्डकी करिडोर सरकारको प्राथमिकताको योजना पनि हो,’ मन्त्री ज्यालाले भने । मन्त्री ज्यालाले सडकलाई दीगो र सुरक्षित बनाउन आयोजनाले प्रस्ताव गरेको भिरकाटेको सुरूङमार्गको समेत अनुमगन गरेका थिए । कालिगण्डकी नदीको कटानले साँधुरिएकाले आयोजनाले ३ सय ८४ मिटर लामो सुरुङ बनाउने प्रस्तावलाई अगाडी बढाउने मन्त्री ज्यालाको भनाइ छ । सुरुङ बनाउन करिब ८८ करोड लागत सहित डिपिआर समेत आयोजनाले स्वीकृतिका लागि अगाडी बढाएको छ ।

उनले सडक विभाग,बेनी–जोमसोम–कोरला सडक योजनाका प्रतिनिधिलाई लिएर अनुगमनमा आएका मन्त्री ज्यालालाई म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात ब्यवस्था मन्त्री रेशम जुग्जाली, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसहितको टोलीले स्वागत तथा सडकखण्डका समस्याका बारेमा जानकारी गराएका थिए । प्रतिनिधिसभा सदस्य गर्बुजाले बैसरीबाट औल जोड्ने पक्की पुलको आवश्यकताबारेमा स्थानीयबासीन्दा सहित मन्त्रीलाई आगामी बजेटमा समावेश गर्न माग गरेका थिए । त्यस्तै गण्डकी प्रदेशका मन्त्री जुग्जालीले पश्चिम म्याग्दीको तातोपानीमा बेलिब्रिजसहितको संरचना बनाउन आवश्यक रहेको बताएका थिए ।

प्रतिनिधिसभा सांसद गर्बुजा र गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जुग्जालीले बर्खाको समयमा जोखिमपुर्ण स्थान आसपासमा वैकल्पिक मार्ग तथा अपुरो काम गर्ने, निर्माणक्षेत्रमा मजदुर नभएका, विगतका प्रतिबद्धता अनुसार काम नगर्ने निर्माण ब्यवसायीको ठेक्का तोड्ने, धरौटी जफत र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि समेत बढाउनुपर्ने बताएका थिए । कालीगण्डकी करिडोरको म्याग्दी खण्डको रघुगंगा गाउँपालिका–२ बैसरीखण्ड र अन्नपूर्ण गापा–२ र ३ वडा क्षेत्रमा पहिरो, कमजोर भुगोलका कारण बर्खाको समयमा बाढीपहिरोले सताउने गरेको योजना प्रमुख ध्रुव झाले बताए ।

उनले पहिरोग्रस्तस्थल र कडा पहरा फुटाउनुपर्ने बाहेकमा कालोपत्रे भइरहेको र गर्ने तयारी भएको बताए । उनले पोखरेबगरमा कालोपत्रे भइरहेको छ। कालोपत्रेसँगै महभीर देखि पोखरेबगरसम्म चट्टान भएको भागमा बाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सबबेस बिछ्याउने काम सकिएको आयोजना प्रमुख झाँले बताए । चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । विसं २०७४ देखि सुरु गरिएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा नदी कटान र बाढीपहिरोको समस्या छ । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको काममा ढिलाइ हुँदा निर्वाचित जनप्रतिनिधि, सरोकारवाला निकाय र सर्वसाधारणको समेत तिब्र गुनासो आएकाले कामको गति बढाउन मन्त्री ज्वालासहितको टोली अनुगमनमा आएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->