बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गर्भवती श्रीमतीलाई हत्या गर्ने श्रीमान् लाम्का मगर पक्राउ

गर्भवती श्रीमतीलाई हत्या गर्ने श्रीमान् लाम्का मगर पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०८०, आइतबार

नवलपुर / हुप्सेकोटमा ८ महिनाकी गर्भवती श्रीमती हत्या गरेको आरोपमा श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुप्सेकोटका इन्चार्ज भरत थापाका अनुसार हुप्सेकोट गाउँपालिका-६ बिरुवाखर्कका २९ वर्षका शेरबहादुर लाम्का मगरलाई पक्राउ गरिएको हो ।

उनीमाथि ३४ वर्षीया श्रीमती चानिसारा लाम्काको शनिबार राति घरमै हत्या गरेको आरोप लागेको छ । मगरलाई प्रहरीले घरबाटै आइतबार दिउँसो पक्राउ गरेको जनाएको छ । ‘घरमै हत्या गरेको भन्ने स्थानीयले खबर दिएपछि घटनास्थलमा पुगेका छौं र अनुसन्धान सुरु भएको छ,’ थापाले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->