बागलुङ / बागलुङको बडिगाड गाँउपालिका ६ ठुलोवेंसीमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिपेन्द्र प्रताव केसीमाथि आईतवार अभद्र ब्यावहार भएको भन्दै सहज रुपमा काम गर्ने बातावरण मिलाईदिन बडिगाडका कर्मचारीहरुले माग गरेका छन ।
कर्मचारीको तर्फबाट संयुक्त रुपमा पे्रस बिज्ञप्ती जारी गर्दै नागरिकको सेवामा दिन रात नभनि सेवा प्रवाह गर्ने कर्मचारीको सेवामा बढ्दै गएको असुरक्षाले कर्मचारीको सेवा प्रवाह कमजोर र कठिन हुदै गएको, कर्मचारीहरु सुरक्षित र निर्धक्क भई जनताको सेवा गर्ने अवस्था नरहेको भन्दै दोषीमाथि चाडो भन्दा चोडो कार्वाही गरी पिडितलाई न्याय दिलाउन र आगामी दिनमा कार्यस्थलमा सुरक्षाको प्रत्याभुति दिलाउन माग गरिएको छ ।
घटना घटाएको जिम्मा लिएर अभिव्यक्ति सार्वजनिक गर्दा समेत घटना घटाउने दोषिमाथि कुनै कार्वाही नभएको भन्दै उनीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कार्वाही गर्न र पिडितलाई न्याय दिलाउन भनेका छन ।

यसैविच बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक माथी भएको दुव्र्यवहारको खेद् पर्कट गर्दै बागलुङका ४ वटा निजामती कर्मचारी संगठनले पनि संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बागलुङ, नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समिति बागलुङ, राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्य समिति बागलुङ र एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्य समिति बागलुङका अध्यक्ष, सचिव र सदस्यले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै दोषीलाई कार्बाही गर्दै भयरहित वातावरणमा सेवा गर्ने वातावरण सिर्जना गर्न माग गरिएको छ ।
विज्ञप्तीमा जनस्वास्थ्य निरिक्षक विपेन्द्र केसीलाई माघ ७ गते कार्यालय जाँदै गर्दा आकस्मिक रुपमा भएको दुव्र्यवहार स्वास्थ्यकर्मीको मनोवल गिराउने कार्य भएको उल्लेख गरिएको छ ।
केही समयअघि बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखामार्फत वितरण भएको १० देखि १९ वर्ष समूहका किशोरीले खाने आइरन चक्कीको म्याद गुज्रेको विषयमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएको थियो ।
समाचार प्रकाशनपछि बडिगाड गाउँपालिकाले पत्रकार सम्मेलनगरि त्यसको खण्डन गरेको थियोे । यद्यपि स्वास्थ्य शाखाका कर्मचारीले भने गल्ती स्वीकार गरेका थिए ।
सोही विषयलाई लिएर आईतबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिपेन्द्र प्रताव केसीलाई कार्यालय गईरहेको समयमा बिच बाटोमै कालो मोसो दलेको थियो ।





