बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पीडित मुखी कानून कार्यान्वयनको खाँचो

पीडित मुखी कानून कार्यान्वयनको खाँचो


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०८०, मंगलबार

बागलुङ/नेपालको कानून पीडितमुखी भन्दा अपराधमुखी भएको एक कार्यक्रमका सहभागिले बताएका छन् । उनीहरुले पीडितले न्याए पाउने खोले कानून कार्यान्वयन आवस्यक भएको पनि बताए ।

पश्चिमाञ्चल माबि पोखराको आयोजनामा सोमबार बागलुङमा आयोजित नेपालको वर्तमान कानून बिषयक अभिमूखीकरण कार्यक्रममा सहभागिले कानून पीडित मुखी हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले कानून कार्यान्वयन गर्दा समाजको अबस्था सुधार हुनुपर्ने बताए । उनले कुनै पनि बिषयमा कानूनी उपचार खोज्दा समाज बिखण्डन आउने अबस्था हुन नहुने पनि बताए । अपराधीले पाएको सजाए मात्र कानून कार्यान्वयन नभएको भन्दै पीडितले न्याय पाउने अबस्था आउनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला अदालतका स्रेस्तेदार शिवहरी सुवेदीले अदालतले गर्ने सबै काम कानून सम्बत हुने भन्दै कतिपय बिषय स्थानीय सरकराले टुंगोमा लैजाने बताए । न्यायिक समिति मार्फत मेलमिलाप गर्ने र नहुने भएमा मात्र मुद्दामा जाने अवस्था आउने उनले बताए ।

बिद्यालयका प्रधानाध्यापक सरोज कोइरालाको अध्यक्षता, शिक्षक बिजयराज अधिकारीको संचालन र श्रीकृष्ण गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्रा. डा रामप्रसाद उपाध्याय, प्रहरी नायव उपरिक्षक मदन केसी लगायतले कानून कार्यान्वयन सँगै व्यवहारिक क्षेत्र पनि हेर्नुपर्ने बताएका थिए । कानूनको वर्तमान कानूनको कार्यान्वयन गर्दा पीडितले न्याय पाउने अबस्था आउनुपर्ने समेत उनीहरुको जोड थियो । पछिल्लो समय केही मुद्दामा भने पीडितको न्याय र जीवनबारे पनि सोच्न थालिएको सरोकारवालाको भनाइ थियो ।
कार्यक्रममा प्रसंसा अधिकारीले कानूनको परिचय, अंकित भुर्तेलले न्यायिक समिति, ,स्नेहा भण्डारीले लैंगिक हिंसा, अन्जली केसीले बिवाह वारे प्रस्तुती गरेका थिए । कार्यक्रममा पवित्रा बराल, सिम्रन डुम्रे, नम्रता कोइराला, प्रकृति चापागाइ,समुन्द्र अर्याल, कुशुम देवकोटा, निसा भण्डारी,प्र्रेक्षा पौडेलले पनि आफ्नो धारणा राखेका थिए । बिद्यालयमा कानूनको अध्यापन गरिन्छ । छिमेकी जिल्ला र सरोकारवालालाई समेत जानकारी दिन यो कार्यक्रम गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->