बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘ए’ वर्गको ट्रायलमा नक्कली परीक्षार्थी पक्राउ

‘ए’ वर्गको ट्रायलमा नक्कली परीक्षार्थी पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ १० २०८०, बुधबार
फाईल तस्वीर ।

दमौली / बन्दिपुर गाउँपालिका-४, बिमलनगरमा मंगलबार नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालयमा सञ्चालित ‘ए’ वर्ग मोटरसाइकलको प्रयोगात्मक परीक्षा (ट्रायल)मा नक्कली परीक्षार्थी भानु-४ का ३० वर्षीय पुर्ण थापामगरलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

प्रहरीका अनुसार भानु नगरपालिका-४ का ३५ वर्षीय सुरेश थापामगरको परीक्षामा पुर्ण उपस्थित भई सुरेशको नाममा किर्ते सही छाप गरी प्रयोगात्मक परीक्षामा सहभागी भएको अवस्थामा फेला परेको हुँदा उनलाई पक्राउ गरिएको हो ।

पुर्णलाई किर्ते सम्बन्धी कसुरमा जिल्ला अदालत तनहुँबाट बुधबार ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->