बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलियो राष्ट्रिय शक्ति आवश्यक छ : महासचिव पोखरेल

बलियो राष्ट्रिय शक्ति आवश्यक छ : महासचिव पोखरेल


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०८०, शनिबार

बागलुङ/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण अभियान सुरु भएको बताएका छन् । देशमा देखिएका वर्तमान समस्या समाधानका लागि बलियो राजनितिक शक्तिको आवश्यकता रहेको भन्दै पोखरेलले जनताका बीचमा पहिलो पार्टी एमालेले बलियो जनमत ल्याउनेगरी अभियान सञ्चालन भैरहेको बताए ।

पार्टी भित्रै देखिएका समस्या समाधान गरेर पार्टी जोगाउने अभियानमा एमाले सफल भएको भन्दै पोखरेलले अब राष्ट्र र राष्ट्रियता जोगाउने अभियान सुरु भएको बताए । “वर्तमानमा देखिएका बेथितीको बिरुद्धमा एमालेले संघर्ष गर्नुपर्ने छ, पार्टीले संघर्षका कार्यक्रम तयार गरेर सार्वजनिक गर्छ, तपाईंहरु तयार रहनुहोला” पोखरेलले भने “अहिलेको कारकारवाही चित्तबुद्धा भएनन्, भ्रष्टाचर र बेथिती मौलाएको छ, चुप लागेर बस्ने अबस्था रहेन् ।”

बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले देशमा सामाजिक सुरक्षाको प्रत्याभुती र शुसासनका लागि एमालेनै सरकारमा रहनुपर्ने दावी गरे । “एमाले सरकारकारमा हुँदा बुढाबुढीले भत्ता बढ्ने आशा गर्छन्, शिक्षक, कर्मचारी र राष्ट्रसेवकले तलव बढ्ने आशा गर्छन्” पोखरेलले भने “अहिले राजश्वले कर्मचारीको तलव भत्ता पुर्याउन कठिन छ ।”

एमाले बाहेकका शक्ति सरकारमा पुग्दा राजश्व चुहावटहुने गरेको पोखरेलले दावी गरे । उनले वर्तमान सरकार बिदेशीका सामु लम्पसार परेको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियताका सवालमा गम्भिर नभएको बताए ।

कुनैबेला पार्टीको सिद्धान्त र बिचारको बिषयमा बहस पैरवी गरेर नथाक्ने मोहनबिक्रम सिंह र उनका कार्यकर्ता कांग्रेसको दलालीमा लागेको पोखरेलले आरोप लगाए । “हमि बिचार र सिद्धान्तमा किलियर छौं, जनताले बुझ्न समय लाग्छ, एक दिन बुझ्नेछन् भन्थे, उनीहरुका कार्यकर्ताको विश्वास देखेर हामि अचम्ममा परिन्थ्यो” पोखरेलले भने “हिजो एकतन्त्रिय सासनका बिरुद्धमालड्न कांग्रेससँग मिलौं भन्दा पुष्पलाललाई गद्धार भन्ने मोहनबिक्रम सिंह अहिले कांग्रेसको दलाली गरिरहेका छन् ।”
उनले नेकपा मशालका महासचिव सिंह परिवारबादमा पुगेको पोखरेलले आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->