बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिपत् व्यवस्थापन बारे सचेतना

बिपत् व्यवस्थापन बारे सचेतना


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०८०, शनिबार

बागलुङ/ विपत् व्यवस्थापनको बिषयमा विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले एक दिने सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार न्यू एभरेष्ट एकेडेमीमा सचेतना कार्यक्रम गरिएको हो ।

विद्यालयमा गठित युवा रेडक्रस सर्कलको आयोजना तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङले विद्यार्थीको लागि विपत् व्यवस्थापन सचेतना सञ्चालन गरेको हो ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई दैनिक जीवनमा उत्पन्न हुने प्राकृति विपत्तिहरु बाढी, पहिरो, भूकम्प, आगलागी, ग्याँससँग सम्बन्धित जोखिम लगायतका विपत्जन्य गतिविधिबाट बच्ने उपायहरुको बिषयमा कार्यक्रममा जानकारी गराईएको थियो ।

प्रहरी टोलिले प्रयोगात्मक विधिहरुको प्रयोग गरेर दुर्घटनामा अत्यावश्यक हुने प्राथमिक उपचार र विपदको समयमा के गर्ने, के नगर्ने र कसरी गर्ने भन्ने बिषयमा जानकारी गराएको थियो । विद्यालय परिसरमा भएको चेतनामूलक कार्यक्रममा को प्रमुख सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीको अध्यक्षता, शिक्षक भूमिराज शर्माको स्वागत र माधव शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । बिपत् व्यवस्थापनबारे प्रहरी सहायक हवल्दार सन्तोष विश्वकर्माले सहजीकरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->