बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बडिगाड गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

बडिगाड गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८०, आइतबार

बागलुङ/बाागलुङको बडिगाड गाउँपालिका भवन आइतवार औपचारिक उद्घाटन भएको छ । केही समय अघि निर्माण सम्पन्न भएपनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतवार प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले संघियताले गाउँगाउँमा करोडौंका भौतिक पूर्वाधार निर्माण मात्र नभइ बिकास निर्माणको बजेट समेत गाउँमा आएको बताए । ‘हिजो जिल्लाबाट के योजना आउँछ भनेर कुर्ने अबस्था भएका गाउँमा आफ्नै नीति, कार्यक्रम र बजेटले बिकास गर्न पाइएको छ’ उनले भने, ‘बिकासले निरन्तर गति लिएको छ, अझै व्यवस्थित बिकास गर्न आवस्यक छ ।’ बडिगाड गाउँपालिकाले आफ्नै भब्य प्रशासकीय भवन बनाएर काम गर्दा गाउँपालिका बासीको समते गर्व बढेको बताए । बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरबासीले दिएको साँढे ९ रोपनी जमिनमा गाउँपालिका भवन बनेको हो ।

पालिका भवन भने ५ करोड १८ लाख ५४ हजार रुपैयाँमा ‘माउन्टेन कविन बिआए संयुक्त निर्माण कंपनी’ले भवन बनाएको हो । गत असार मसान्तमा सक्नुपर्ने भएपनि केही समय ढीला गरी भवन पुरा भएको थियो । सदरमुकाम देखि ७० किमी पश्चिमको यो गाउँपालिका जिल्लाकै ठूलो पालिका भवन बनेको हो । यस अघि १ लाख १० हजारबढी भाडा तिरेर भाडामा बस्दै आएको थियो । गाउँपालिकलो आफ्नै भवनमा बस्दा बर्षको १५ लाख रुपैयाँ घर भाडाको बचाउन सकेको अध्यक्ष गण्डकी थापाले बताइन् । ‘आफ्नै भवन भएपछि कार्यालय पनि व्यवस्थित बनाउन सकिने भयो।’ उनले भनिन्, ‘व्यवस्थित बिकासको योजना बनाएर अगाडि बढ्नेछौं ।’ भाडाको घरमा कोठाहरु नमिल्ने र सेवा प्रवाह पनि अप्ठ्यारो भएकोमा अब भने अपांगमैत्री सेवा समेत दिने उनले बताइन् ।

यो भवन अपाग मैत्री समेत छ । तल्लो तलामा ¥याम सहित जान मिल्ने संरचना बनाइएको छ । अधिकांस काम तल्लो तलाबाटै दिने गरी कार्यालय व्यवस्थापन गरिने भएको हो ।यो पालिकाको सबै वडा कार्यालय समेत बनिसक्न लागेका छन् । कतिपय वडा कार्यालय बनाएर संचालन भएका छन् भने की बाँकी छन् । सडक संजालले नछोएको वडा नंं ९ र १० लाई जोड्ने दरमखोलाको पुल बनेपछि अहिले सडक पनि स्तरीय बनाउन लागिएको उपाध्यक्ष भीमसेन वनले बताए । ग्रामीण सडकहरु सुधार गरेर बाह्रै महिना सवारी चढेर पालिका आउन सक्ने गरी काम भैरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->