म्याग्दी / नेकपा एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी सर्वसम्मत चयन भएका छन् । आईतवार बेनीमा समपन्न पार्टीको १० औं जिल्ला अधिवेशनबाट सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा प्रमोद श्रेष्ठ, सचिवमा थमसरा पुन, उपसचिवमा खड्ग गिरी र सतप्रसाद रोका चयन भएको एमालेले जनाएको छ ।
समितिको सदस्यमा खुल्लातर्फ ७ जनामा राजेश शाक्य, बेगप्रसाद गर्बुजा, डम्बरबहादुर सापकोटा, अमृता भण्डारी, देउप्रसाद छन्त्याल, दिवा कुमारी तिलिजा पुन, गौमती रामजाली र देवी प्रसाद शर्मा चयन भएका छन् । युवा सदस्यमा सुनिता विश्वकर्मा, तारामान रोका, लक्ष्मण केसी, शिशिर शाही, प्रविण शाही, इश्वर सुवेदी, लक्ष्मी बुढाथोकी रोका, ज्ञानु कार्की, प्रकाश पौडेल, गौरी थापा मगर र खिमबहादुर चोखाल सर्वसम्मत भएका छन् ।
दलित सदस्यमा शुवास बिश्वकर्मा, बलबहादुर बिश्वकर्मा, विष्णु कुमारी दमाई, बलबहादुर बि.क. र प्रतिक्षा रसाइली चयन भएका छन् । मजदुरतर्फ बलादेवी राई, अल्पसंख्यकतर्फ रेशम छन्त्याल र चन्द्रमान छन्त्याल निर्वाचित भएका छन् । भुगोलतर्फको सदस्यमा माइलन पुर्जा पुन, कृष्णबहादुर पुन, दिलिपकुामर गर्बुजा, देवकुमारी पुन, लक्ष्मी खड्का, बालकृष्ण कार्की, खिमबहादुर शाही, ओमबहादुर पुन, तेजकुमारी पुन, नारायण शर्मा, टकसरा राना, राजेन्द्रकुमार श्रेष्ठ, नारायण कार्की, बेलबहादुर चोखाल, धनबहादुर रोका, किरण बानियाँ, विष्णुकुमारी गुरुङ, दिलबहादुर थापा मगर, दिपेन्द्र खत्री, लिलाराम गौतम, कृष्ण सिंह बानियाँ, मिना राम्जाली र पशुपती शाही चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा डिलकुमारी खत्री, प्रेमकुमारी अधिकारी, हिराबहादुर फगामी, जितबहादुर किसान, यसुदा रोका, शिव बिक, दिलबहादुर क्षेत्री, धनबहादुर खाती क्षेत्री, ऋषिकेश तिवारी, सागर शर्मा, बुद्धिबहादुर पुन, मनकुमारी पुन, विशाल अनुरागी, सिता कुमारी गुरुङ, कुलबहादुर घर्ती, दिनेश खत्री, देवबहादुर थापा, शान्त गर्बुजा, मदन मल्ल र गोरी बुढा चयन भएको अध्यक्ष सुवेदीले बताए ।
लेखा समिति संयोजकमा गोविन्द प्रसाद पौडेल र सदस्यमा कुलबहादुर थापा मगर निर्वाचित भएको निर्वाचन निर्वाचन अधिकृत विवश क्षेत्रीले जानकारी दिए । अधिवेशनको माघ १२ गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । नबनिर्वाचित कमिटीलाई अध्यक्ष मण्डलका अध्यक्ष एवम् नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले बधाई दिएका थिए ।





