बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिदेशबाट फर्केर नमुना किसान बने भोजबहादुर

बिदेशबाट फर्केर नमुना किसान बने भोजबहादुर


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८०, सोमबार

बागलुङ/ बिहान उज्यालो नहुँदै भोजबहादुर बोहराको दम्पत्ती गोठमा निकिन्छन् । गोठभरीका गाई, भैंसी र बाख्रालाई दानापानी दिएपछि सुरुहुन्छ उनको आम्दानीको यात्रा ।

बागलुङको जैमिनी नगरपालिका, ५ बिनामारेका बोहरा बिदेश छोडेर स्वदेशमा आम्दानी गर्ने नमुना किसान हुन् । बोहरा दम्पत्तीले तीनवटा दुधालु भैंसी पालेका छन् । एक गाई, पाँचवटा माउ बाख्रा र १४ वटा कुखुरा उनको घरमा छन् । बाह्रै महिना दुध बिक्रिगर्ने योजनाका साथ पालेका गाईभैंसीले राम्रै आम्दानी दिईरहेका छन् । गाई, भैंसीको दुधमात्रै होईन गोवर मलको समेत उचित प्रयोग गरेर आम्दानी गर्छन् भोजबहादुर ।

उनीहरुको बिहानको पहिलो काम दुध दुहुने र बजार पठाउने हुन्छ । त्यसपछि भोजबहादुर दम्पत्तीको दिन बाख्रा, कुखुराको घाँसपानी र तरकारी खेतीमा बित्छ । भोजबहादुरले तरकारी खेतीका लागि छ वटा प्लाष्टिक घर निर्माण गरेका छन् । तीनै छ वटा प्लाष्टिक घरमा फल्ने तरकारीका लागि आवश्यक मल गोठमा बाँधेका गाई, भैंसी र बाख्राले पुर्याउँछन् । गोलभेँडा, बन्दा, काउली, घिरौला, करेला लगायतका तरकारी उनको प्लाष्टिक घरमा फलिरहेका हुन्छन् ।

चार बर्ष माल्दिभ्स र एक बर्ष साउदी अरेवियामा काम गरेर स्वदेश फर्केका भोजबहादुरले तरकारी खेती थालेको दश बर्ष भयो । नत उनी थाकेका छन्, नत कहिलै खाली हातनै बस्नु परेको छ । मासिक पचास हजारदेखि ७० हजार आम्दानी गर्ने बोहरा दम्पत्तीले मासु, दुध र तरकारी मुख्य आम्दानीको स्रोत हो ।

“तीन भाई छोरा पढाउने लेखाउने घर खर्च चलाउने मेरो स्रोत माटो र मेहनत हो” भोजबहादुरले भने “तरकारी, दुध र मासुबाटै राम्रो आम्दानी गरिरहेको छु ।” बिदेशमा १४ घण्टा खटेर ४० हजार कमाउने भोजबहादुरले आफ्नै खेतबारीमा १० घण्टा काम गर्दा हुने आम्दानीले बढी सन्तुष्टि रहेको बताउँछन् ।

“मलाई त यहीँको कमाई गज्जव लाग्यो, नगरेर रहेछ, दुःख गरे यहाँ सुन फल्छ” उनले भने “दुई भाई छोराको पढाई सकाएँ, घर खर्च चलाएर धेरथोर बचाएकै छु ।” बोहराका जेठा छोरा काठमाण्डौमा प्रयोशाला चलाउँछन्, कान्छले माईलाले डिग्रि सकेभने कान्छा छोरा कक्षा दुईमा पढ्छन् ।

बोहराले उत्पादन गरेका पशुधन र तरकारी स्थानीय बजारमानै राम्रो मुल्यमा बिक्छन् । एकाद सिजनमा तरकारी धेरै फल्दा उनले पोखरा पठाउने गरेका छन् । पशुपालन र तरकारी खेती एक आपसमा पारस्परिक भएकाले उनले राम्रो व्यवस्थापन गर्न सकेका छन् ।

“बिदेशबाट फर्केपछि घरको समस्याले म केही समय कुलतमा फसेँ, कुलतबाट निश्केर तरकारी खेती थालेपछि स्वर्ग आएजस्तै भएको छ” बोहराले बिगत सम्झँदै भने “आँफुले मेहनत गर्छु भन्नुपर्छ, सबै सहयोग गर्छन् ।”
बोहराको तरकारी खेतीको सिको गर्नेहरु पनि गाउँमा छन् । उनको सिको गरेर एक दुईवटा प्लाष्टिक घरमा तरकारी खेती गरेर सामान्य घर खर्चचलाउनेहरु बढेको जैमिनी नगरपालिकाका कृषि प्राबिधिक रबिन्द्र शर्मा बताउँछन् । बोहराले स्थानीय बाँसकै प्लाष्टिक घर बनाएका छन्भने रैथाने र स्थानीय जातकै तरकारी खेतीलाई प्राथमिकता दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->