शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनीमा बालचोरले हैरानी, भविष्यमा पेसेबर भएर निस्कने जोखिम

बेनीमा बालचोरले हैरानी, भविष्यमा पेसेबर भएर निस्कने जोखिम


  • हरिकृष्ण गौतम
  • माघ १८ २०८०, बिहिबार

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सम्पन्नप्रथम म्याग्दी भलिवल प्रतियोगितामा चोरी गर्दागर्दै दुई बालक समातिए । खुल्लामञ्चबाट नियन्त्रणमा लिएर तत्काल प्रहरीलाई जिम्मा लगाएकाले अघिल्लो दिन शिक्षकबीचको खेल खेल्न पुगेका बेनी नगरपालिका–९,गलेश्वर आदर्श माविका प्रधानाध्यापक खगेन्द्र जिसीको पर्ससहित १२ हजार चोरी गरेको रहस्य खुल्यो ।

पैसा निकालेर पर्स खुल्लामञ्चको पछाडी फालेको अवस्थामा भेटियो । प्रहरीले महत्वपूर्ण कागजसहितको पर्स जिसीलाई हस्तान्तरण गरे । प्रहरीले शनिबार नियन्त्रणमा लिएका दुई बालक अहिले प्रहरी कार्यालयभित्र छन् । यो एक प्रतिनिधिमूलक घटना मात्रै हो । प्रहरीमा रहेका बालकले आफ्नो समूहमा ८ देखि १५ वर्ष उमेरका ७ जना रहेको बताउँछन् । उनीहरू चोरीमा संलग्न भएका घटनाले प्रहरीसमेत आजित भएको छ । जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा भेटिएका उनीहरू चोरी गरेको पैसा नसकिदाँसम्म घरमा समेतजाँदैनन् ।

म्याग्दीको सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा बालबच्चाहरु चोरीको घटनामा संलग्नता भेटिएपछि प्रहरी र अभिभावक आजित छन् ।बेनीबजार, पर्वतबेनीमा चोरीका घटनाका पीडित आउनेमा धेरै बालक नै संलग्न रहेको पाइएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । ‘बालबालिका भएकै कारण मुद्दा चलाउँन मिल्दैन,सुधार केन्द्रमा पठाउन अभिभावकको समेत साथ चाहिन्छ,’प्रनाउ कुँवरले भने । प्रहरीका अनुसार बालबालिकाहरु चोरी गर्न पल्कनुमा अरुले उक्साएर लगाएर नभइ आफैं संलग्न भएको बताए । प्रहरीले अभिभावकलाई जिम्मा लगाएर छोडेको भोलिपल्टै पुनःचोरी गरेकोसमेत भेटिएको छ । ठूला पसलभन्दा स–साना पसल तथा व्यक्तिको घर, सार्वजनिक स्थानमा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।

बेनीबजारमा पछिल्लो एक वर्षको अवधिमा घटेका चोरीका घटनामा व्यक्तिको घर,पसलका ढोका फुटाएर चोरी भएका घटनामा संलग्नमध्ये ९ देखि १५ वर्षसम्मका बालबालिका बढी छन् । जिल्ला प्रहरी कार्यालयले नै धेरैपटक बालकसँग भेटिएको नगद, घडी, मोबाइल जस्ता प्रयोगका वस्तुहरु फिर्ता गरेको छ । चोरीमा धेरै पैसा पाएमा उनीहरु प्रयोग नहुने भवनमा गएर रमाइलो गर्ने गरेको पाइएको छ । उमेर कम भएका बालबालिकालाई चोरी गर्नु अपराध हो भन्ने परामर्श गरेर पठाएको प्रहरी रेकर्डमा देखिन्छ ।बारम्बार चोरीमा संलग्न बालबालिकाको आचरण सुधारसँगै पुनःस्थापनामा स्थानीय तहले सक्रियता बढाउनुपर्ने र अहिलेको अवस्थामा बालबालिका भएकै कारण उन्मुक्ति पाउने अवस्था छ तर खराब आचरणका त्यस्ता बालबालिकाका भविष्यमा पेसेबर भएर निस्कने जोखिम रहेको बालबालिकाको क्षेत्रमा कार्यरत जानकारहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->