बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कलोमसो दल्ने क्रान्तिकारीका नेता पक्राउ

कलोमसो दल्ने क्रान्तिकारीका नेता पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०८०, बिहिबार

बागलुङ/ बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र केसीलाई कालोमसो दल्ने नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीका जिल्ला संयोजक पूर्ण बहादुर गुरुङलाई जिल्लाको ताराखोला गाउँपालिका, १ भुस्खातबाट नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

गत माघ ७ गते बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख के.सी. घरबाट मोटरसाईकलमा कार्यालय तर्फ जाने क्रममा मोटरसाईकल रोकी गुरुङ नेतृत्वको समुहले कालोमसो दलेको थियो । कालोमोसो दल्ने लगायतको अपमानजनक, अमानविय र गैरकानूनी कार्य गरेको आरोपमा उनलाई नियन्त्रणमा लिईएको केसीले बताए ।

प्रविण नाम बताउने उनलाई प्रहरीले खोजीरहेको थियो । उनलाई जिल्ला प्रशासन कार्यालय बागलुङबाट म्याद थप गरि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्ध (अभद्र व्यवहार) को कसूरमा मुद्धा चलाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->