बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सातादेखि छोरासहित हिडेकी युवती बेपत्ता

सातादेखि छोरासहित हिडेकी युवती बेपत्ता


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०८०, बिहिबार

बागलुङ/ एक सातादेखि एक महिला बेपत्ता भएकी छिन् । गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीको थलिङ बस्ने बाबुराम सुवेदीकी पत्नि सरस्वती माघ १२ गतेदेखि बेपत्ता भएकी हुन् ।
घरबाट माघ ९ गते वडा नं. ७ को मल्मस्थित बैनीको घर गएकी ३० बर्षिय सुवेदी १२ गते फर्केकी थिइन् । उनीसँगै साँढे २ बर्षको छोरा समेत छन् । बैनीको घरबाट निस्केपछि भने उनी कतै नभेटिएकी हुन् ।

उनी हराएपनि पति बाबुराम र माइती आमा साबित्राले नरेठाँटी प्रहरी चौकीमा उजुरी समेत गरेका छन् । प्रहरीले खोजी गर्ने बताएपनि साता दिन सम्म कुनै पत्तो नपाएपछि आत्तिएकी साबित्राले हार गुहार गरिरहेकी छिन् ।

‘सानैदेखि केही सुस्त प्रकारकी हो, तर यसरी बेहोसी भएर जता पायो त्यतै भने जानु नपर्ने हो’ उनले भनिन्, ‘जता भएपनि सकुशल भेटिए हुन्थ्यो ।’ उनले स्थानीय बासिन्दा चिनेजानेका सबैलाई छोरीको खोजी गरिदिन आग्रह गरेकी छिन् । प्रहरीले पनि खोजी भैरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->