बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पश्चिम बागलुङको ढोरपाटन उपत्यकामा हिमपात जारी

पश्चिम बागलुङको ढोरपाटन उपत्यकामा हिमपात जारी


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०८०, बिहिबार

बागलुङ / पश्चिम बागलुङको ढोरपाटन लगायत उच्च पहाडी क्षेत्रमा बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको छ । सेताम्मे हिउँले पश्चिम बागलुङको ढोरपाटन उपत्यका ढाकेको छ । त्यसबाहेक निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाका अधिकांश पहाडमा हिमपात जारी भएको स्थानीयले बताए ।

हिमपातले किसानहरु खुसी भएका छन् भने चिसोले जनजीवन प्रभावित भएको छ । ‘लामो समयपछि हिउँ पर्दा गहुँ र जौ खेतीका लागि राम्रो भएको छ,’ निसीखोला गाउँपालिका-६ सीप की रबिना बुढामगरले भनिन्, ‘माघको पहिलो साता परेको भए झनै राम्रो हुन्थ्यो ।’

गहुँ र जौ खेतीका लागि हिमपातलाई किसानले मलको रुपमा लिने गर्छन् । हिमपातले मध्यपहाडी लोकमार्गको रुकुम सीमानामा पर्ने पातीहाल्नेमा पनि सेताम्मे भएको छ । हिउँ पर्दा चिप्लो हुने भएकोले बिहीबार उक्त क्षेत्रमा सवारी साधन नचलेको बुढाले बताइन् । हिमपातपछि गाईभैँसी चराउनेहरु प्रभावित भएका छन् ।

ढोरपाटन, निसेलढोर र पहाडी बस्तीका किसानले बिहीबार पशुचौपाया चराउन सकेनन् । चिसो बढेको र हिउँसँगै छिटफुट पानी समेत परेकोले उनीहरु गोठभित्रै बसेको ढोरपाटनका गंगाबहादुर भण्डारीले बताए ।

पहाडी क्षेत्रमा हिमपात भएपनि बेसी क्षेत्रमा भने पानी पर्न सकेन । सदरमुकाम सहित गलकोट र जैमिनी लगायतका क्षेत्रमा भने छिटफुट बर्षा भएको हो ।

‘ठूलै पानी पर्ला भन्ने लागेको थियो, पर्न सकेन,’ काठेखोला गाउँपालिका-५ का शिवप्रसाद कँडेलले भने, ‘पानी परेको भए धुलो मर्ने थियो, त्यस्तो हुन सकेन ।’ स्थानीयले सडकको धुलोले सास्ती खेपेको बताए । बुधबारदेखिनै बद्लिएकोले अझैपनि झरी पर्न सक्ने उनले अनुमान गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->