बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनि नगर सेवा समाजमा चिन्तामणी, ढकालले गरे उद्घाटन

जैमिनि नगर सेवा समाजमा चिन्तामणी, ढकालले गरे उद्घाटन

उदघाटन गर्दै अध्यक्ष ढकालले भने, 'हामी जहाँ छौ, जे गर्न सकिन्छ, त्यही क्षेत्रमा इमान्दारसाथ काम गरौं ।'


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८०, शनिबार

काठमाडौं / नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफु लागेको क्षेत्रमा इमान्दारसाथ काम गर्नुपर्ने वताएका छन् । जैमिनि नगर सेवा समाज काठमाडौंको प्रथम अधिवेशन तथा पाँचौ बार्षिक साधारणसभाको शनिवार उदघाटन गर्दै अध्यक्ष ढकालले भने, ‘हामी जहाँ छौ, जे गर्न सकिन्छ, त्यही क्षेत्रमा इमान्दारसाथ काम गरौं ।’

जैमिनि क्षेत्र कृषी र पर्यटनमा महत्वपूर्ण काम गर्ने सकिने क्षेत्र भएकाले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिदै अध्यक्ष ढकालले भने, ‘त्यसका लागि म तपाईहरुसं सहकार्य गर्न र लगानी तयार छु । हाम्रो क्षेत्र हामीले नै बनाउने हो ।’

हरेक ब्यक्ति उत्पादनमा जोडिनुपर्ने वताउदै उनले ब्यवसायिक बन्नका लागि जैमिनिको स्थानीय स्लेट ढुंगा, कृषी र पर्यटन प्रमुख आधार बन्न सक्ने सुनाए ।

सो अवसरमा मन्तब्य राख्दै जैमिनि नगरपालिकाका उपप्रमुख हरिहर शर्माले कालीगण्डकी सभ्यता र जैमिनि ब्यास ऋषीको आश्रमसंग जोडिएकोले धार्मिक र साँस्कृतिक पहिचानलाई स्थापित गर्न नगरपालिका लागिरहेको सुनाए । उनले राष्ट्रिय दलित संग्राहलय र बादर बगैचा जैमिनिका राष्ट्रिय पहिचान झल्काउने कार्यक्रम भएको वताउदै नगरपालिकाले स्थानीय उत्पादनलाई अर्गानिक बनाउन समेत जोड दिएको सुनाए ।

कार्यक्रममा राष्ट्रिय परिक्षा वोर्डका अध्यक्ष महाश्रम शर्माले संस्थाले सामाजिक कार्य गर्दै अगाडि वढ्नुपर्ने र जैमिनिबाट राजधानी आएका सवै यो संस्थामा जोडिएर हातेमालो गर्दै अगाडि बढ्नुपर्ने वताए ।

समाजका अध्यक्ष हरि आचार्यको अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत उपाध्यक्ष चिन्तामणी शर्माले र सञ्चालन सदस्य विष्णु आचार्यले गरेका थिए ।

अधिवेशनले चिन्तामणी शर्मा पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बुद्धिमाया पुन, केशवराज शर्मा, शेर वहादुर विक, सचिवमा विष्णु आचार्य, सहसचिवमा केशवराज शर्मा चालिसे, कोषाध्यक्षमा कृष्ण शर्मा र सदस्यहरु गणेश चापागाई, गोविन्द आचार्य लगायत रहेको सहसचिव चालिसेले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->