बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कालीका साप्ताहिकको १५ औं वार्षिकोत्सव

कालीका साप्ताहिकको १५ औं वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८०, आइतबार

बागलुङ/बागलुङमा प्रकाशन भैरहेको यहाँको कालिका साप्ताहिकको १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बार्षिकोत्सवको उद्घाटन गर्दै जिल्ला भित्रका गर्वगर्न लायक व्यक्ति, क्षेत्र र बस्तुको संरक्षण र प्रचार गर्न सकेमा जिल्लाको बिकास गर्न सकिने बताए । उनले पर्यटन मार्फत समृद्दि ल्याउने, स्थानीय उत्पादनले आत्मनिर्भर बन्ने र सुशासन कायम गरेमा बिकासले फड्को मार्ने समेत बताए ।

कालिका साप्ताहिकले वार्षिकोत्सवको अबसरमा प्रकाशित गरेको बैभवशाली बागलुङ नामक बिशेषांक समेत बिमोचन गरे । उक्त बिशेषांकमा जिल्लाका पर्यटन तथा धार्मिक क्षेत्र, कला र साहित्यका अगुवा, राजनीति तथा बिकासको क्षेत्रमा योगदान गर्नेहरुको कथा समावेश छ ।

वार्षिकोत्सवको अबसरमा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेकपा एसका अध्यक्ष लालबहादुर थापा, नेपाल पत्रकार महासंघका सचिव बिजय राना, पूर्व अध्यक्ष रामबहादुर जिसी, लगायतले शुभकामना मन्तव्य राखे ।

उत्तरगंगा पब्लिकेशन प्रालिका अध्यक्ष श्रीधर कंडेलको अध्यक्षता, बिशेषांकका सम्पादक संगम घर्तीको स्वागत र कालीका साप्ताहिकका सम्पादक नरेश कंडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अबसरमा ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्य सहित सात पत्रकार सम्मानित समेत भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->