बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बडीगाडमा विवाद कायमै, अध्यक्ष अडिग

बडीगाडमा विवाद कायमै, अध्यक्ष अडिग


  • अनिष पाठक
  • माघ २४ २०८०, बुधबार

बागलुङ/ जिल्लाको बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले नेपाली कांग्रेस पार्टी कार्यालय निर्माणको लागि घोषणा गरिएको सहयोग रकम नरोक्ने अडान लिएकी छन् ।
गएको पुस १७ गते कार्यापालिका बैठकबाट बीपी स्मृति भवन निर्माणका लागि पालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सो निर्णयमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाउँदै आएका छन् । उनीहरुले विज्ञप्ति नै जारी गरी निर्णय सच्याउन माग पनि गरेका थिए । आइतबार भएको सर्वदलीय बैठकमा चार पार्टीका नेताहरुले सो निर्णय फिर्ता हुनुपर्ने विषय उठाएका थिए । तर, पालिका अध्यक्ष थापाले पालिकाको निर्णय तलमाथि नहुने बताइन् ।
उनले भनिन्,‘ कार्यापालिकाले निर्णय गरेको छ, हामी बजेट कार्यान्वयनको पक्षमा छौं । चित्त नबुझे अगाडी बढ्न सक्नुहुन्छ ।’

यता,पालिकाको निर्णयप्रति एमालेसहितका दलहरु अहिले पनि सहमत छैनन् । नेकपा एमालेका जिल्ला सचिव विष्णु भुषाल यो निर्णय कार्यान्वयन हुन नदिने अडानमा कायमै रहेको बताउँछन् । सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द) बडिगाड गाउँकमिटीका कार्यवाहक अध्यक्ष नरिश्वर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ क्षेत्र नम्बर २ का इन्चार्ज ढालेन्द्र रायमाझीले पनि निर्णय नसच्याए आन्दोलन गर्ने तयारी भएको बताएका छन् । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

तीन तहका सरकारले कुनै पार्टीको कार्यालय बनाउन बजेट विनियोजन गर्नु वित्तिय अनुशासनबाहिरको कुरा भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बताएको छ ।
आयोगका सहायक प्रवक्ता देविप्रसाद थपलियाले बिधायिकी स्वीकृत बाहेकका आयोजनामा तीन तहका सरकारले आफूखुसी बजेट विनियोजन गर्नु वित्तिय अनुशासनबाहिरको कुरा भएको बताए । ‘अख्तियारमा उजुरी आएको खण्डमा अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अगाडी बढाउँछौं उनले भने आयोगले अनुसन्धान गरी फाइनल प्रतिवेदनका आधारमा कारबाही हुन्छ,’उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->