बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारी ठगी आरोपमा पक्राउ परेका सहप्राध्यापक भण्डारी ७ लाख धरौटीमा रिहा

सहकारी ठगी आरोपमा पक्राउ परेका सहप्राध्यापक भण्डारी ७ लाख धरौटीमा रिहा


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०८०, बुधबार

पोखरा / मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहप्राध्यापक विष्णुप्रसाद भण्डारी धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले भण्डारीलाई ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको हो ।

मित्रमिलन सहकारी प्रकरणमा सोमबार साँझ पक्राउ परेका पोखराको पृथ्वीनारायण क्याम्पस पोखराका सह-प्राध्यापक भण्डारी थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

उनलाई सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप थियो । भण्डारीले भने आफूलाई जानकारी नै नदिइ कीर्ते गरेर फसाइएको बताउँदै आएका थिए ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनालाई पक्राउ पुर्जी जारी भएकोमा ८ जना पक्राउ परेका छन् । जसमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने भण्डारीसहित २ जना धरौटीमा रिहा भएका हुन् । यसअघि पक्राउ परेका लेखा समिति संयोजक सूर्य अधिकारीलाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->