बागलुङ/ डिभिजन वन कार्यालय बागलुङले वन सम्बन्धि कानून र बनको संरक्षणका बिषयमा सवडिभिजन स्तरिय सामुदायिक बन उपभोक्ता समूहहरुसँग अन्तरक्रिया गरेको छ । वन ऐन, नियमावली तथा गण्डकी प्रदेशभित्रको वनलाई नियमन र ब्यवस्थापन गर्न बनेको बिधेयक २०८० मा भएका कानुनी प्राबधान/ब्यवस्थाहरुको बारेमा जानकारी गराउन अन्तरक्रिया गरिएको हो ।
सामुदायिक वन तथा स्थानीय नियायका वन सम्बन्धि देखिएका समस्या, समाधानका उपायहरु, वन डढेलो नियन्त्रण, बन्यजन्तु ब्यवस्थापन, चोरी निकासी तथा अतिक्रमण नियन्त्रण लगाएतका बिषयहरुमा कार्यक्रममा छलफल भएको थियो ।
कार्याक्रममा निमित्त डिभिजनल वन अधिकृत लक्ष्मि के.सी. वन अधिकृत सुरेश कुमार भुजेल र फरेस्टर बलबहादुर आलेले सहजीकरण गरेका थिए । कार्यक्रममा ३३ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १, २, ३ का वडा अध्यक्ष तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमितिका अध्यक्षको सहभागिता थियो ।





