बागलुङ / काठेखोला गाउँपालिका-२ भीमापोखरा वडा कार्यालयले त्यहाँको आमा समूहलाई भजन किर्तनका सामाग्री वितरण गरेको छ। साविक ९ वटा वडाका ९ वटा आमा समुहलाई एक हप्ताको भजन किर्तन तालिम दिई सामाग्री प्रदान गरिएको हो ।
हार्मोनी, मादल, माइक, छ्यामछ्याम, बिच्छ्याउने म्याट, सामाग्री राख्ने झोला सहित ९ सेट सामाग्री शनिबार गण्डकी प्रदेश सभाका उपसभामुख बिना थापाले प्रदान गरिन् ।
सामाग्री हस्तान्तरण गर्दै उपसभामुख थापाले महिला दिदिबहिनीहरुको सिप विकास र सामाजिक रुपमा सशक्त बनाउन वडा कार्यालयले गरेको कार्य प्रसशनिय रहेको बताइन ।
वडा अध्यक्ष बिद्यापति शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य निर्मला थापा, धवलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा. डिल्लीराज गौतम, जिल्ला भजन समिति बागलुङ अध्यक्ष संगम क्षेत्री, प्रशिक्षक सुर्य घतानी, नेकपा एमाले वडा कमिटी अध्यक्ष नारायणदत्त रेग्मी, राप्रपाका अध्यक्ष मानबहादुर कार्की लगायतले मन्तब्य व्यक्त गर्दै तालिमबाट सिकेको सिपलाई कार्यान्वयनमा लैजान आग्रह गरे । कार्यक्रमको सञ्चालन सूर्य थापाले र स्वागत सबिना गौतमले गरेकी थिईन ।






