बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पञ्चकोटमा हुने ब्रम्हाण्डीय महायज्ञलाई सहयोग जुटाउने गण्डकी सरकारको निर्णय

पञ्चकोटमा हुने ब्रम्हाण्डीय महायज्ञलाई सहयोग जुटाउने गण्डकी सरकारको निर्णय


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०८०, सोमबार

बागलुङ / गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले बागलुङको पञ्चकोटमा आयोजना हुन लागेको ब्रम्हाण्डीय महायज्ञलाई सहयोग गर्ने र सबैलाई सहयोगको आह्वान गर्ने निर्णय गरेको छ । महायज्ञस्थलमै मन्त्रिपरिषद् बैठक राख्दै उक्त निर्णय गरिएको हो ।

महायज्ञको प्रचार प्रसार तथा सहयोगका लागि मन्त्रिपरिषद बैठक महायज्ञ स्थलमै पुगेर बसेको थियो । सबै क्षेत्रमा सहयोगकोलागि आह्वान गर्ने निर्णय भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । यहाँ १ सय ८ फिट अग्लो कलस निर्माणसहित धार्मिक महत्त्वका क्रियाकलाप र संरचना निर्माणकालागि महायज्ञ लगाइँदैछ । त्यसकालागि विशेष सहयोग गर्ने र सबैलाइ सहयोगकालागि आह्वान गर्ने समेत बैठकले निर्णय गरेको अर्यालले जानकारी दिइन् ।

सोमबारकै बैठकले क्यान्सर र ब्रेन ट्युमर भएका ७० जना बिरामीका लागि विशेष आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको हो ।

प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिने, समपुरक तथा बिशेष अनुदान अर्न्तगत ८ वटा आयोजना संचालन गर्न नेपाल सरकार मार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय समेत गरेको हो ।

गण्डकी प्रदेश आन्तरिक लेखा परीक्षण निर्देशिका २०८० स्वीकृत गर्ने, साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तुर्जमाको लागि सैद्धान्तिक स्वीकृति दिने, गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक २०८० गण्डकी प्रदेश सभामा पेश गर्ने निर्णय समेत गरेको हो ।

साथै गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०लाई पनि सभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो । बागलुङ नगरपालिका वडा नं। ६ को पञ्चकोटमा आगामी फागुन ९ गतेदेखि २३ गते सम्म ब्रम्हाण्डीय महायज्ञ हुन लागेको छ ।

महायज्ञ लक्षित गरेर यहाँ ५ हजार ५ सय ५५ किलोको घण्टी बनाएर ल्याइएको छ । पञ्चधातु ९सुन, चाँदी, तामा, पित्तल र फलाम० मिसाएर बनाइएकोले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको छ । पञ्चकोटमा निर्माण गर्न लागिएको १ सय ८ फिट अग्लो कलसको फाउण्डेसन नजिकै महाघण्टी राखिएको छ । नजिकै हनुमानको मुर्तिर्, गण्डकी माताको मन्दिर, गरुढ शिला, पञ्चलक्ष्मी मन्दिर लगायत निर्माण भैसकेको छ ।

निर्माणाधीन संरचनाको लागि स्थानीयले दानमुठी दिएका छन् । विगत ९ वर्षदेखि स्थानीयले हरेक वर्ष दिने दानमुठीले ५० करोड बढीका संरचना निर्माण भइसकेका हुन् । संरचना निर्माणका लागि बागलुङ नगरपालिकाले प्राविधिक सहयोग गरेको छ ।

२०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यहाँका संरचनाको शिलान्यास गरेका थिए । त्यसपछि ५० करोड बढीका संरचना बनेका हुन् । परियोजना अनुसारको सबै काम भएमा ५ अर्ब बढीको काम हुने वडा नं ६ का अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->