बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

साहसिक खेलकुदको गन्तव्य बनाउन कालीगण्डकीमा र्‍याफ्टिङ प्रतियोगिता

साहसिक खेलकुदको गन्तव्य बनाउन कालीगण्डकीमा र्‍याफ्टिङ प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०८०, मंगलबार

बागलुङ/ र्‍याफ्टिङ संघको आयोजनामा कालीगण्डकी नदीमा आयोजित नेसनल र्‍याफ्टिङ प्रतियोगिता सोमबार पनि जारी छ । गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यले आयोजित प्रतियोगिताको दोस्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएकोसंयोजक वसन्तराज दवाडीले जानकारी दिए ।

प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम दोश्रो भएको छ । त्यसैगरी सोही इभेन्टमा भोटे कोशी ‘बी’ समूह तेश्रो भएको छ ।
मेन्स स्प्रिन्ट हेड टु हेड प्रतियोगितामा प्याडल नेपाल ‘ए’ टिमले नै जीत हासिल गरेको छ । त्यसै गरी भोटेकोशी ‘बी’ले दोश्रो स्थान हासिल गर्दा प्याडल नेपाल ‘बी’ ले तेश्रो स्थान प्राप्त गरेको प्रतियोगिता प्राविधिक समितिका संयोजक एवं नेपाल ¥याफटिङ संघका मुख्य प्रशिक्षक नीमबहादुर थापा मगरले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->