बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विद्यामन्दिर पुस्तकालयका पूर्व अध्यक्ष सम्मानित, श्रेष्ठले कोषमा थपे एक लाख रुपैयाँ

विद्यामन्दिर पुस्तकालयका पूर्व अध्यक्ष सम्मानित, श्रेष्ठले कोषमा थपे एक लाख रुपैयाँ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८०, बिहिबार

बागलुङ / विद्यामन्दिर पुस्तकालय बागलुङले आफ्नो ७७ औँ स्थापना दिवसको अवसरमा पूर्व अध्यक्षहरु ४ जनालाई सम्मान गरेको छ ।

स्थापना दिवसको अवसरमा आयोजित मुल समारोहमा पुस्तकालयका पूर्वअध्यक्षलाई सम्मान, बालबालिकालाई स्टेशनरी सामाग्री प्रदान र सुभेच्छुकलाई सम्मान गरिएको अध्यक्ष राम थापाले बताए ।

पूर्वअध्यक्ष महेश कुमार राजभण्डारी, हिक्मत गौचन, विश्वज्योती गौचन र लालचन्द्र राजभण्डारीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । पुस्तकालयको विकासमा योगदान पु¥याए बापत पूर्व अध्यक्षलाई सम्मान गरिएको हो।

कार्यक्रममा पुस्तकालयका विभिन्न कोष स्थापना गर्ने अक्षय कोषदातालाई पनि सम्मान गरिएको छ । शिशिर हेमन्त अक्षय कोषदाता श्याम श्रेष्ठ, गंगाप्रसाद स्मृति कोषदाता रामप्रसाद शर्मा, हरिमोहन अक्षय कोषदाता महेशचन्द्र प्रधान र कविराज जुनु अक्षय कोषदाता कविराज सुनारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढा मगरले पुस्तकालयलाई युग सुधाउदो बनाउन डिजिटल माध्यममा लैजानु पर्नेमा जोड दिदै बौद्धिक क्षेत्रको धरोहरका रुपमा रहेको विद्यामन्दिर पुस्तकाय जिउँदो इतिहास भएको बताईन ।

बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौंका अध्यक्ष रसुमिला श्रेष्ठले पुस्तकालय अन्र्तगतको बालबिकास केन्द्रमा अध्यनरत बालबालिकालाई स्टेशनरी र पुस्तक सहयोग गरिन् ।

पुस्तकालयका अक्षय कोषदाता श्याम श्रेष्ठले स्थापना गरेको शिशिर हेमन्त कोषबाट बालबालिकालाई ब्लाङ्केट र शैक्षिक सामग्री प्रदान गरियो । सो अवसरमा श्रेष्ठले उक्त कोषमा एक लाख रुपैयाँ थप गरिएको घोषणा गरे ।

कार्यक्रममा पुस्तकालयका कार्यबाहक प्रधान संरक्षक लालचन्द्र राजभण्डारी, सल्लाहकार प्राज्ञ प्रेम छोटा, पुस्तकालयका सदस्य तथा संरक्षक साहित्यकार काजिरोशन, संंरक्षक तथा अक्षयकोषदाता श्याम श्रेष्ठ, निवर्तमान अध्यक्ष रामप्रसाद शर्मा, बागलुङ समाज कल्लाण केन्द्र काठमाण्डौका अध्यक्ष रसुमिला श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

पुस्तकालयको इतिहासबारे पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी गराउनु भएको थियो । कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापा अविरलकोे अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत उपाध्यक्ष रामचन्द्र शर्माले स्वागत, सचिव राजनप्रसाद शर्माले सञ्चालन र पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पुस्ताकलयको इतिहासको वारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->