बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय

स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०८०, शनिबार

बागलुङ/ गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालय बागलुङलाई नमुना कार्यालय घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय घोषणा भएको हो ।

प्रदेश सरकार अन्तरगतका कार्यालयहरु मध्येबाट हरेक बर्ष प्रदेश सरकारले कुनै एक कार्यालयलाई नमुना कार्यालय घोषणा गर्ने गरेको छ । कार्यालयलाई प्रदेश सरकारले पुरस्कृत गर्ने छ । गण्डकी प्रदेश सरकारका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी, गुणस्तरीय, पारदर्शी र विश्वसनीय बनाउनका लागि सरकारले कार्याबिधि बनाएर नमुना कार्यालय घोषणा गर्दै आएको थियो ।
कार्यबिधिले तोकेका सर्तहरु पुरा गरेको कार्यालयले प्रदेशका कार्याक्रम कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->