शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनी नगरपालिका भित्र फागनु १६ गतेदेखि हुक्का निषेध

बेनी नगरपालिका भित्र फागनु १६ गतेदेखि हुक्का निषेध


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०८०, मंगलबार

म्याग्दी/म्याग्दीको बेनी नगरपालिकाका क्षेत्र भित्र हुक्कालाई प्रतिबन्ध(निषेध) गरिएको छ । जनस्वास्थ्यमा प्रभाव पार्ने गरेको निष्कर्ष निकाल्दै माघ २५ गतेको कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार फागुन १६ गतेदेखि पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगरप्रमुख सुरत केसीले बताए ।

पछिल्लो समय बजार क्षेत्रमा कुलतमा फस्ने यूवापुस्ताको संख्या बढ्न थालेपछि कार्यविधि बनाएर बिक्री वितरण निषेधसँगै अटेर गरेमा जरिवानासहितको प्रक्रियामा अगाडी बढेको नगरप्रमुख केसीको भनाइ छ । ‘अनुगमन र नियमनमा पनि कडाइ गरिने छ,सार्वजनिक सूचनासमेत जारी हुँदैछ,’ नगर प्रमुख केसीले भने । उनले हुक्का निषेधसँगै जिल्ला प्रशासन, प्रहरीसहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहनसहितको सचेतनामुलक कार्यक्रमहरु गरिने बताए । हुक्का निषेध गर्न नगरपालिकाले यसअगाडी जनप्रतिनिधि, नगरभित्रका होटल तथा रेष्टुरेन्ट ब्यवसायीसँग समेत छलफल गरिसकेको छ ।

हुक्काले युवापुस्तालाई कुलतमा फस्ने बाटो बनाइरहेको अवस्थामा नगरपालिकाको प्रस्तावलाई ब्यवसायीले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । क्षणिक रमाइलोका लागि हुक्का सेवन गर्ने गरिन्छ । सेवनकर्तामा किशोरीको समेत आर्कषक ह्वात्तै बढेको छ । नगरपालिकाले बेनीबजारमा बाहिरी जिल्लाबाट हुक्कामा पोड लगायत बिक्री वितरणमा आएमा समेत जरिवान गरिनेछ । एक खिल्ली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तान्ने गरिन्छ भने एक सर्को हुक्काको प्रयोग गर्दा २ सय लिटरसम्म धुवाँ शरीरभित्र पु¥याउने गरिन्छ ।

हुक्कामा राखिएको फ्लेबर सूर्तीको चारकोलको धुँवाबाट कार्बनमोनोअक्साइड र पोल्यारोम्याटिक हाइड्रोकार्बोन निस्कन्छ । यो मानव स्वास्थ्यको लागि विष सेवन गरेजस्तै हुन्छ । एक खिल्ली चुरोट पिउन ५ देखि १० मिनेट समय लाग्छ भने हुक्का पिउन आधा घण्टा भन्दा बढी समय लाग्छ । यसै कारणले पनि रोगले सजिलै आक्रमण गर्ने बेनी अस्पतालका मेडिकm अधिकृत गोविन्द पोख्रलले बताए । हुक्काको पाइप राम्रोसँग सफा नगरेको अवस्थामा विभिन्न प्रकारका सरुवा रोगसमेत लाग्ने खतरा बढी हुन्छ । यसैबीच सदरमुकाम बेनीसँगै जोडिएको म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र पर्वतको जलजला गाउँपालिका सेवनकर्ताको सेन्टर बन्न सक्ने भन्दै त्यहाँका जनप्रतिनिधिले समेत हुक्का नियन्त्रणका लागि चासो देखाएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->