बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरि पवित्र तपोभूमि : राष्ट्रपति पौडेल

धौलागिरि पवित्र तपोभूमि : राष्ट्रपति पौडेल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०८०, बिहिबार

बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेलले जल जोगाउनु अहिलेको महत्त्वपूर्ण चुनौती भएको बताएका छन् । उनले पानीका स्रोत संरक्षणमा पनि जोड दिए । बागलुङको पञ्चकोटमा आयोजित अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको पूजा गर्दै राष्ट्रपति पौडेलले प्रकृतिको संरक्षण गर्दा नेपालको राष्ट्र उन्नती हुने समेत बताए ।

‘राष्ट्र शान्ति, राष्ट्र उन्नती नेपालको जल र प्रकृतिको संरक्षण बाटै सम्भव छ’ उनले भने, ‘नदी सभ्यता जोगाएर धार्मिक पर्यटन मार्फत आर्थिक उन्नति गर्न सकिन्छ ।’ उनले कालीगण्डकी नदीको सभ्यता र जलको संरक्षणमा अभियान चाल्नुपर्ने बताए ।

उनले कोशी, गण्डकी र कर्णालीको संरक्षणमा पनि जोड दिए । नेपालमा नदी सभ्यताले उत्कृष्ट बनेको उल्लेख गर्दै आम नागरिकको जीवन नै सिंचित भएको बताए । जलकै कारण नेपालमा कृषि क्षेत्रको विकास गरेर आर्थिक उन्नती समेत गर्न सकिने उनको भनाइ थियो ।

नेपाल बहुधार्मिक बहुसांस्कृतिक समाजले बनेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले धर्म, संस्कृति तथा धार्मिक मूल्य र मान्यताको कारण समाज अनुशासित र सभ्य समेत बनेको बताए । ‘नेपाल सीता र बुद्ध जन्मेको देश हो’ पौडेलले भने, ‘नेपाल ऋषिमुनिको तपोभूमि पनि हो ।’ तपोभूमीको सभ्यताले नेपाल प्रति धेरैको आस्था र विश्वास रहेको उनको भनाइ थियो ।

महायज्ञ स्थलमा स्थापना गरिएको ५ हजार ५ सय ५५ केजीको मुक्तिनाथ महाघण्टी राष्ट्रपति पौडेलले बिहीबार बिहान १० बजे उद्घाटन गरे । यहाँ स्थापना गर्न लागिएको १ सय ८ फिट अग्लो कलसको लागि महायज्ञ र धान्याञ्चल समेत आयोजना गरिएको हो । महायज्ञ बुधबार ९ वर्ष मुनिका १ सय ९ जना कन्याले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->