बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शेयर सदस्यको परिवारलाई प्रगतीले दियो २० हजार राहत

शेयर सदस्यको परिवारलाई प्रगतीले दियो २० हजार राहत


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०८०, शुक्रबार

बागलुङ / प्रगती बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यको मृत्युमा श्रद्धाञ्जली ब्यक्त गर्दै नगद राहत बितरण गरेको छ । संस्थाले स्थापना गरेको कल्याणकारी कोषमार्फत शेयर सदस्य खडु पाध्याको निधनमा मृतकका परिवारप्रति समवेदना ब्यक्त गर्दै राहत रकम रु. २० हजार नगद बितरण गरेको हो ।

सहकारीका अध्यक्ष कृष्णप्रसाद पौडेलले वडा अध्यक्ष बिद्यापति शर्मा, संस्थाका सचिव बालकृष्ण शर्मा, सहसचिव नारायणदत्त रेग्मी र सदस्य रंजिता शर्माको उपस्थितिमा मृतक पाध्याकी जेठीछोरी मिना गैरेलाई राहत रमम प्रदान गरेका हुन् ।

काठेखोला गाउँपालिका-२ भिमापोखरा घर भएका पाध्याको गत फागुन ५ गते ७४ बर्षको उमेरमा निधन भएको थियो । पाध्याकी पत्नि, १ छोरा र ४ छोरी छन् ।

श्रद्दाञ्जली कार्यक्रममा पौडेलले स्वर्गिय पाध्याको निधनले संस्थालाई अपुरणीय क्षति पुगेको जानकारी गराए । उनले सहकारीले शेयर सदस्यको निधन भएमा २० हजार र एकाघरका सदस्यको निधनमा ४ हजार रुपैयाँ राहत दिने समेत बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->