बागलुङ / बरेङ गाउँपालिका–३ बाटाकाचौरस्थित ज्ञानोदय आधारभूत विद्यालयको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य डिल्लीराम सुवेदीले शिक्षामा गुणस्तर दिन सकेमा भोलीको देशको दक्ष जनशक्ती उत्पादन हुने बताए ।
कार्यक्रममा वडा नं. ३ का कार्यवाहक अध्यक्ष टेकबहादुर थापा, मुक्तबहादुर थापा, कमला मगर, पदमपानी पौडेल, लीलाधर पौडेल, पृथ्बीबहादुर पुन, केहरसिंह थापा, प्रेमबहादुर खत्री, देविदत्त पौडेल, मोतीराम गौतम, लिलाधर पौडेलले शुभकामना मन्तब्य व्यक्त गरे ।
आर्थिक वर्ष २०७९÷८० को प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रअ मदनबहादुर कार्कीले प्रस्तुती गरे । विव्यस अध्यक्ष हिमबहादुर थापाको अध्यक्षता, सहायक प्रअ हुमनाथ न्यौपानेको स्वागतसंगै कार्यक्रमको सञ्चालन शिक्षक चन्द्रमणि सुवेदीले गरेका थिए ।
विद्यालयले उत्कृष्ट कार्यसम्पादनअन्र्तगत दिवा खाजाको व्यवस्थापन गर्ने शिक्षक भिम कुमारी कार्की, राधा थापा र देवीकुमारी थापालाई सम्मान गरेको छ । उत्कृष्ट शिक्षकको रुपमा लक्ष्मी रूचाल र कार्य जिम्मेवारीमा सहायक प्रअ हुमनाथ न्यौपाने विव्यसतर्फ कमला मगर, पूर्व विव्यसतर्फ तुलसीराम पौडेल सम्मानित भए । दातातर्फ शिक्षक अमृत न्यौपाने, शिक्षक रमा नेपाली र पूर्व शिक्षक अशोक सुवेदी सम्मानित भए ।
ज्ञानोदय चौरासी कोषमा आफ्नो चौरासी पूजाको ५० हजार सहयोग गर्ने बरेङ ३ चौरका पवित्रा थापा क्षेत्री र छोरा टेकबहादुर थापा सम्मानित भए । ज्ञानोदय छात्रवृत्ति कोषमा हाल रुपन्देही बस्ने नरबहादुर भट्टराई क्षेत्रीले ० हजार ५ सय ५५ रुपैयाँ अक्षयकोष स्थापना गरेका छन् । स्व. गोविन्द क्षेत्री फाउन्डेसनमार्फत ५ हजार छात्रवृत्ति प्रदान गरिएको थियो ।





