बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चोरी गरेको सुनसहित दुई किशोर पक्राऊ, जिम्मा लगाउन अभिभावकको खोजी

चोरी गरेको सुनसहित दुई किशोर पक्राऊ, जिम्मा लगाउन अभिभावकको खोजी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८०, सोमबार

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले चोरी गरेको सुनसहित दुई जना किशोरलाई पक्राऊ गरेको छ । म्याग्दी घर भएका अनुमानित १३/१४ बर्षका दुई किशोरलाई बागलुङ नगरपालिका–६ बाट पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनीहरुको साथबाट सुनको औँठी, सिक्रीसहित करिब ५ लाख रुपैयाँ बराबरको सामाग्री जफत गरिएको छ । उनीहरुलाई सीसी क्यामेराको सहायतामा पहिचान गरि पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिए ।

पक्राऊ परेका किशोरहरुलाई बाबुआमाको जिम्मा लगाएर छोडिने भएकाले उनीहरुका बाबुआमाको खोजी भइरहेको केसीले बताए । उनीहरुले बागलुङ नगरपालिका–२ मा रहेको मन कुमारी खड्काको घरबाट सुनका गरगहना चोरी गरेको अनुसन्धानपछि खुलेको छ ।

उनीहरुले खड्काको घरको ताला तोडेर २ तोलाको सुनको औँठी, एक÷एक तोलाको दुई वटा सुनको चुरी, ३० रतिको सुनको औँठी, मोबाइलको चार्जर लगायतका सामाग्री चोरी गरी भागेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->