बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कालीगण्डकी दोहन रोकौं, शालीग्राम जोगाऔं : पूर्व प्रधानन्यायाधिस श्रेष्ठ

कालीगण्डकी दोहन रोकौं, शालीग्राम जोगाऔं : पूर्व प्रधानन्यायाधिस श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८०, सोमबार

बागलुङ, १४ फागुन– पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले कालीगण्डकी दोहन रोकिनुपर्ने बताएका छन् । उनले नदीको सामाग्री उत्खनन् गर्दा शालीग्राम संरक्षण हुने गरी गर्नुपर्ने बताए ।

बागलुङ नगरपालिकाको स्वागत कार्यक्रममा सहभागि भएका श्रेष्ठले कालीगण्डकी नदी बचाउने, बागलुङ कालीकाको महिमा बढाउने र हाल निर्माणाधिन पञ्चकोटको बिकास गर्दा जिल्लाले फाइदा कमाउन सक्ने बताए । उनले नदी दोहन भन्दा त्यसको बिकल्प खोज्न आग्रह गरे । ‘अदालतमा बिचाराधिन कुरा अदालतले नै फैसला गर्छ, तर नदी दोहन, शालीग्राम दोहन गर्न मिल्दैन’ उनले भने, ‘शालीग्राम संरक्षण गरेर सामाग्री प्रयोग गर्ने कुरा स्थानीय सरकारको कार्यविधिमा भर पर्छ ।’

पञ्चकोटमा आयोजित अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा आयोजित ‘राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्दतीको कार्यान्वयन’ बिषयक सम्मेलनमा भाग लिन आएका श्रेष्ठले नदी र जल सभ्यतालाई जोगाउन नसके मानव जीवननै समाप्त हुने चेतावनी दिए । ‘हर हालतमा नदी र शालीग्राम संरक्षण हुनैपर्छ’ उनले भने, ‘जल र शालीग्राम जोगाएर निर्माण सामाग्री उत्खनन् गर्ने कार्यविधि र नीति स्थानीय सरकारले लिनुपर्छ ।’

कालीगण्डकी नदी आसपासका ४० वटा स्थानीय तहलाई सर्बोच्च अदालतले ५ बर्षदेखि नदीजन्य सामाग्री उत्खनन्मा रोक लगाएको छ ।

संसारमै कालीगण्डकी नदीबाहेक अन्यत्र शालीग्राम नपाइने भएकोले राज्यले नै निर्माण सामाग्रीलाई समेत बिकल्प खोज्नुपर्ने श्रेष्ठको भनाइ छ ।

‘शालीग्राम बनाउने संसारमा कुनै पनि फ्याक्ट्री छैन, शालीग्राम नष्ट भयो भने त्यसको क्षतिपूर्ति कसले तिर्छ?’ श्रेष्ठले भने, ‘स्थानीय सरकारले भूक्षय रोक्ने कार्यक्रम ल्याओस्, त्यसपछि नदी र शालीग्राम संरक्षण हुन्छ ।’

कालीगण्डकी नदी प्राधिकरण गठन गरेर संरक्षणको काम गर्नुपर्ने समते उनले सुझाव दिए । नदी दोहनले मानव जीवनमाथीनै संकट ल्याउने श्रेष्ठको भनाइ छ । फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेलले पनि जल संरक्षणमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->