बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

७८ किलो लागुऔषधसहित ३ जना पक्राउ

७८ किलो लागुऔषधसहित ३ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८०, सोमबार

बागलुङ/प्रहरीले लागुऔषध गाजा र चरेशसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले चेकजाँचका क्रममा आइतबार राती २ बजे बागलुङको निसीखोला गाउँपालिका-२ कान्छाीबजार भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा वडिगाड गाउँपालिकाको ग्वालीचौरबाट निसीखोला गाउँपालिकाको भल्कोटतर्फ जाँदै गरेको ध १ च १२६१ नम्बरको बोलेरो पिकअप भ्यानबाट ६७ किलो लागुऔषध गाजा र ११ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १३ का ३९ वर्षिय नगेन्द्र पुन, बागलुङको वडिगाड गाउँपालिका वडा नं. ८ का २७ वर्षिय प्रेम बोहरा र निसीखोला गाउँपालिका वडा नं. ६ का ३८ वर्षिय खडक घर्ति मगर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिए ।

पक्राउ परेका बोहरा जीप चालक हुन् । पक्राउ परेकाहरुको बारे थप अनुसन्धानका लागि जिल्ला अदालत बागलुङबाट सोमबार थप गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->