बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

छेडागाड र बागलुङ नगरका साझा समस्याबारे छलफल

छेडागाड र बागलुङ नगरका साझा समस्याबारे छलफल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८०, बुधबार

बागलुङ/जागरकोट जिल्लाको छेडागाड र बागलुङ नगरपालिकाबीच विकासका योजना, न्यायिक समिति, शिक्षा, स्वास्थ्य र सरसफाइ लगायतका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापासहित दुवै नगरपालिकका जनप्रतिनिधि तथा कर्मचारीबीच छलफल भएको हो ।

उक्त अबसरमा पहाडी जिल्ला भएकोले विकास निर्माणमा बढी खर्च लागत आउने, साझेदारीका योजनाका लागि आन्तरिक श्रोतको अभाव भएको तथा कर्मचारी खर्च धान्न समस्या भएको लगायतका बिषयमा मिल्दाजुल्दा मुद्दा भएको खड्काले बताए । त्यस्तै बिना काममा अख्तियारमा मुद्दा पर्ने समस्याले काममा अबरोध आएको समेत उनीहरुको साझा धारणा थिए ।

मुद्दा परेपनि धेरै जनप्रतिनिधि र कर्मचारीले सफाइ पाएका छन् । तर मुद्दापछि काममा आउने अबरोध, सामाजिक समस्याबाट उम्कन कठिन भएको दुवै नगरको साझा समस्या भएको बताइएको थियो । पछिल्लो समय छेडागाडले भने शिक्षक निशुक्तीमा पारदर्शीताका लागि प्रश्न बैंक बनाएको बताइएको छ । उक्त काम बागलुङलगायत सबै स्थानीय तहलाई सिकाई भएको श्रेष्ठले बताए ।

फोहोरमैला व्यवस्थापनमा पनि दुवै नगरका साझा मुद्दा देखिएको हो । करारका कर्मचारी नियुक्ती गरेर काम गर्नुपर्ने बाध्यताले आन्तरिक खर्च बढेको जनप्रतिनिधिले बताए । तर स्थानीय तहको अधिकार अनुसार संघिय सरकारले बजेट र काम गर्ने अबसरमा भने कटौती गरेको उनीहरुले टिप्पणी गरेका थिए ।

स्थानीय श्रोतका व्यवस्थापनमा खानीजन्य बस्तुको उत्खनन्, खोला नदीको सामाग्री उत्खनन् गरेर बिक्री गर्ने काम चुनौतीपूर्ण भएको बताइएको थियो । कालीगण्डकी नदी उत्खनन्मा सर्बोच्चले दिएको आदेशले बागलुङ नगरले भोगेको संकटबारे पनि छलफलमा बताइएको थियो । उक्त अबसरमा हरेक शाखाको कामबारे एकआपसमा सिकाईको रुपमा लिएर जाने गरी शाखा प्रमुखहरुबीच अन्तरक्रिया भएको थियो । कार्यक्रमको संचालन प्रशासकीय अधिकृत भिमसेन पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->