बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरि अस्पतालमा नर्स र पारामेडिक्स पढाउन सकिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

धौलागिरि अस्पतालमा नर्स र पारामेडिक्स पढाउन सकिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

अस्पतालबाट प्रक्रिया अगाडि बढाएर समयमा काम सकेमा आउने शैक्षिक शत्रमै नर्स र पारामेडिक्स पढ्ने युवा नेपालमै अडिने बस्नेतको भनाइ छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०८०, बिहिबार

बागलुङ/स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले धौलागिरि अस्पतालमा नर्स र पारामेडिक्स पढाइ गर्ने कलेजको स्विकृति दिने बताएका छन् । उनले एकसय बेड क्षमता भएको अस्पतालले ती पढाइ संचालन गर्न अनुमति पाउने बताए ।

बिहिबार धौलागिरि अस्पतालको निरीक्षणमा आएका बस्नेतले उक्त कामका लागि अस्पतालबाट प्रक्रिया अगाडि बढाएर फाइल मन्त्रालयमा ल्याउन आग्रह गरे । अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले गरेको अनुरोध र मागपत्र बुझ्दै बस्नेतले अस्पतालको १ सय बेड क्षमताको स्विकृतिका लागि छिटै कागजात पठाउन पनि आग्रह गरे । हाल अस्पतालमा १ सय १५ बेड संचालनमा आएपनि नर्स र पारामेडिक्स पढाइको स्विकृति पाइसकेको छैन ।

१ सय बेड स्विकृत भएको अस्पतालले चाहेमा आगामी शैक्षिक सत्रदेखिनै नर्सिङ र पारामेडिक्स पढाइ गर्ने स्विकृति दिने नीतिगत व्यवस्था भएको मन्त्री बस्नेतको भनाइ छ । प्रक्रिया पुगेको कागजात आएमा आगामी मन्त्रीपरिषद बैठकमै पास गराउने उनको भनाइ छ । प्राविधिक पढ्ने बिद्यार्थी र दक्ष जनशक्ती बिदेश पलायन रोक्न तथा नर्सको अभाव हुन नदिन यो निर्णयमा पुगेको बस्नेतको भनाइ छ ।

बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा बिहिबार आयोजित ‘पूर्विय चिकित्सा पद्दती र जनस्वास्थ्य विकास’ बिषयक सम्मेलनमा आएका बस्नेतले त्यसअघि अस्पतालको निरीक्षण गरेका थिए । ‘म पहिलो पटक आउँदा उपकरण मागियो, तर यहाँ दक्ष जनशक्ती पनि आवस्यक रहेछ’ उनले भने, ‘कम्तिमा एकजना थप दक्ष चिकित्सकको दरबन्दी थप गर्न पनि पहल गर्छु ।’

तत्काल स्विकृति लिएर आएपछि पढाइ संचालन अनुमति दिने उनले बताए । ‘प्रशासनिक प्रक्रिया मिलाएर आउने नआउने तपाइहरुको कुरा हो, आएपछि पढाइ अनुमति पाइन्छ’ बस्नेतले भने, ‘मेडिकल कलेजको मापदण्डमा पुग्ने ढोका यो प्रक्रियाले खोल्छ ।’ समयमा काम सकेमा आउने शैक्षिक शत्रमै नर्स र पारामेडिक्स पढ्ने युवा नेपालमै अडिने बस्नेतको भनाइ छ । मेडिकल कलेजको रुपमा एमबिबिएस पढाइ गर्न भने ३ सय बेडको अस्पताल आवस्यक पर्ने उनले बताए ।

धौलागिरि अस्पताललाई २ सय बेड बनाउने तयारी छ । हाल १ सय १५ बेड संचालन भैसकेपनि स्विकृति नभएको हो । व्यस्थापन समितिले निर्णय गरिसकेपनि मेडिकल सुपरिटेण्डेन्टमार्फत फाइल तयार भएर मन्त्रालयमा पुग्ने काम भने ढीला भएको सदस्य कृष्णशंकर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->