शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

१७० जना ज्येष्ठ नागरिकहरुको स्वास्थ परीक्षण

१७० जना ज्येष्ठ नागरिकहरुको स्वास्थ परीक्षण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०८०, शनिबार

पोखरा/ बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा ३३ भरतपोखरीको उपल्लो पुणीमा बृहत निःशुल्क स्वास्थ्य शिविर,स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी जाँच एवम जनचेतना कार्यक्रम सम्पन्नभ एको छ ।

शिविरमा १७० जना भन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका सदस्य दिनेश आचार्य, मनु कार्की र सचिव मोती भुजेलले जानकारी गराएका छन् ।

मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले जनरल मेडिसिन, छाती रोगसम्बन्धी र स्तनतथा पाठेघर क्यान्सर सम्बन्धिचिकित्सीय सेवाउपलब्ध गराएका थिए ।
समाज कल्याण परिषद स्वास्थ कोषको सहकार्य तथा पोखरा ३३ को सहयोगमा शिविर आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->