म्याग्दी/धनेश्वरी–तारानाथ स्मृति कोषबाट म्याग्दी संवाददाता हरिकृष्ण गौतम नगदसहित सम्मानित भएका छन् ।
बेनी नगरपालिका–५ पूलाचौरस्थित जनकल्याण माविमा आयोजित एक समारोहमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्षसमेत रहेका गौतमलाई सामाजिक एवम् मानवीय सेवामा पत्रकारितमार्फत गरेको कामको प्रशंसा गदैं प्रमुख अतिथि जगद्गुरू हिमालय बाबा, कोषका सचिव माधवप्रसाद रेग्मी,लक्ष्मी रेग्मी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाबाट नगद १० हजार, दोसल्ला, सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो ।
पत्रकार गौतम २०६४ देखि पत्रकारितामा क्रियाशिल गौतम म्याग्दीबाट विभिन्न सञ्चार माध्यममा संवाददाताको रुपमा काम गर्दै आएका छन् । सोही अवसरमा साहित्यकार अजयमिलन श्रेष्ठलाई दश÷दश हजार, दोसल्ला, सम्मानपत्र सहित पुरस्कृत गरिएको थियो । कोषले जनकल्याण माबिबाट २०७९ सालको एसइइ परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने गुञ्जना श्रेष्ठलाई २० हजारसहित पुरस्कृत गरेको छ । खसआर्यतर्फ प्रशंसा पौडेल, जनजातितर्फबाट आकृति श्रेष्ठ, दलिततर्फ अभिषेक दर्जी र बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम संस्कृत बिद्यालयका उत्तम सुबेदीलाई पन्ध्र÷पन्ध्र हजार प्रदान गरिएको थियो ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, दाजुहरु मुकुन्द, नारायण, स्वर्गीय मोहन र रामप्रसाद रेग्मीलगायत परिवारका सदस्यहरुले १८ लाख रुपैयाँको कोष स्थापना गरेका थिए । पुरस्कार बितरण समारोहमा विद्यालयका पुर्व विद्यार्थी एवम् अमेरिकामा बस्ने विजय रेग्मीले जनकल्याण माविको अक्षयकोषका लागि ५१ हजार ५५५प्रदान गरेका थिए ।
सोही अवसरमा साहित्यकार अजयमिलन श्रेष्ठले लेखेको स्वर्गीय पंण्डित तारानाथ रेग्मीीको जीवनकाब्यको बिमोचन गरिएको थियो । तत्कालिन समयमा प.रेग्मीको घरबाट जनकल्याण प्रावि सञ्चालन भएको थियो । पुलाचौर र आसपासको क्षेत्रमा शैक्षिक विकासमा रेग्मी परिवारको महत्वपूर्ण योगदानको कार्यक्रममा चर्चा गरिएको थियो ।





