बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडाले दियो ल्यापटप

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडाले दियो ल्यापटप


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८०, आइतबार

बागलुङ/जिल्लाको जैमिनी नगरपालिका–१ को वडा कार्यालयले पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भइआएका निवेदनका आधारमा वडाले ल्यापटप वितरण गरेको हो ।
प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयलाई प्रबिधिमैत्री शिक्षण सिकाईका लागि ल्यापटप उपलव्ध गराईएको वडाध्यक्ष बिष्णु आचार्यले बताए । विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागबमोजिम ल्यापटप हस्तान्तरण गरिएको उनले बताए ।
वडाध्यक्ष आचार्यका अनुसार कुश्मी प्रावि, सिद्धिगाणेश प्रावि, जनचेतना प्रावि, सरस्वती प्रावि र जैमिनी प्राथमिक बिद्यालयलाई ल्यापटप प्रदान गरिएको छ ।
वडा कार्यालयमा आयोजित एक समारोहमा नगर शिक्षा अधिकारी खेम आचार्यले विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप उपलव्ध गराएका थिए । वडामै रहेका शान्ति मावि र पल्लोपाखा सामुदायिक माविलाई भने अन्य कार्यक्रममा सहभागि गराईने उनले बताए ।
चालु आर्थिक बर्षमा प्राथमिक विद्यालयमा ल्यापटप वितरणका लागि वडा कार्यालयले ३ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको थियो । उनका अनुसार प्रतिल्यापटप ७० हजार रुपैयाँका दरले खरिद गरिएको हो ।
‘कम्तिमा प्राविधिक बिषय प्रोजेक्टरको माध्यामबाट पढाउन सकियोस्, विद्यार्थीलाई शिक्षण सिकाईमा प्रविधिको प्रयोग गर्न सकियोस् भन्ने हो’ वडाध्यक्ष आचार्यले भने ‘यो सुरुवात हो, यसको नतिजाका आधारमा बाँकी कार्यक्रम बनाउँछौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->