शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सन्तान बृद्धि रोक्न बेनीमा कुकुरको बन्ध्याकरण

सन्तान बृद्धि रोक्न बेनीमा कुकुरको बन्ध्याकरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८०, सोमबार

म्याग्दी/सडकका कुकुरको संख्या घटाउने उद्देश्यले म्याग्दीको सदरमुकाम बेनीमा सडक तथा सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न ९० सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ ।
बजार क्षेत्रमा छोडिएका कुकुरले हैरान बनाएपछि शनिबार र आइतबार दुई दिनसम्म भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा ३९ वटा सामुदायिक र ५१ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।शिविरमा गतबर्ष बन्ध्याकरण गरिएको १२ कुकुरलाई रेबिज भ्याक्सिनेसन लगाइएको थियो ।
सदरमुकाम बेनीबजार आसपासमा सामुदायिक र घरपालुवा कुकुरको संख्या बढ्न थालेपछि हरेक बर्ष शिविर सञ्चालन गर्ने गरिएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए ।पशु अधिकार ऐन अनुसार कुकुर मार्न पाइँदैन् ।
बच्चा जन्माउने प्रक्रियालाई रोक्दा संख्या कम हुने भएकाले एक दिनको शिविरमार्फत सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्तपालका प्रमुख भरत रेग्मीले बताए । ‘कुकुरको संख्या बृद्धि नियन्त्रण गर्नका लागि शिविरले सहयोग पुग्छ’ प्रमुख रेग्मीले भने ।
उनका अनुसार कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको छ । सडकमा हिंड्ने पैदलयात्री, मोटरसाईकल सवारलाई कुकुर आतंकले सताउने गरेका छन् ।
शिविरमा डा. अनन्त कोइराला, डा. मनिष विश्वकर्मा, केन्द्र प्रमुख भरत रेग्मी सहितको टोलीले कुकुरको बन्ध्याकरण गरेका छन । बेनी नगरपालिकाका नगर प्रहरीको टोलीले सामुदायिक कुकुर संकलन गरी शिविरमा पु¥याएका थिए । हरेक वर्ष शिविर सञ्चालन गर्दा कुकुरले टोक्ने र संख्यासमेत घटेको छ । गतवर्ष ९८ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । बन्ध्याकरण गरिएका कुकुर कम हिंस्रक हुन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->