बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ट्रेड युनियनको स्थापना दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न बितरण

ट्रेड युनियनको स्थापना दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न बितरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८०, सोमबार

बागलुङ/नेपाल ट्रेड युनियन कांग्रेसले ७८ औँ स्थापना दिवस मनाएको छ । दिवशको अबसरमा मानवसेवा आश्रममा खाद्यान्न बितरण गरिएका छ ।
विराटनगर जुटमिलबाट शुरु भएको आन्दोलनको जगमा स्थापित श्रमिक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले ७८ औँ स्थापना दिवस मनाएको हो । ट्रेड युनियनले मानवसेवा आश्रम बागलुङमा रहेका ५४ जनाको लागि खाद्यान्न वितरण गरेको हो ।
ट्रेड युनियन कांग्रेसले श्रमिकको हक, अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको छ । आश्रममा खाद्यन्न वितरण गर्दै नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश संयोजक शकुन्तला शर्माले श्रमजीवीको समस्या समाधान गरि श्रमजीवी वर्गको जीवनस्तरमाथि उठाउनु अहिलको आवश्यकता रहेको बताइन् । उनले नेपाली श्रमजीवीको हकअधिकार संरक्षण, सामाजिक सुरक्षा, मर्यादित रोजगारी लगाएका बिषयमा नेपाल ट्रेड युनियनले काम गर्दै आएको बताईन ।
नेपाल ट्रेड युनियन बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षता, उपाध्यक्ष चन्द्र रेग्मीको स्वागत र सचिव वीर बहादुर किसानको संचालनमा कार्यक्रम भएको थियो । श्रम तथा ट्रेड युनियन ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना सरकारले प्रारम्भ गरेपनि कार्यान्वयन हुन नसकेको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले दबाव दिदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->