बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरु सक्रिय हुदैछन् : अध्यक्ष ओली

धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरु सक्रिय हुदैछन् : अध्यक्ष ओली


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८०, बुधबार

बागलुङ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्मका नाममा द्धन्द मच्याउनेहरु सक्रिय हुन थालेको बताएका छन् । नेपाल बहुधार्मिक, बहुभाषिक राज्य भएपनि धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरु सक्रिय हुन थालेको उनले बताए ।
‘जाती, धर्मका नाउमा द्धन्द निम्त्याउने काम भैरहेको छ, यो नेपाल र नेपालीको लागि दुःखद हो । यसमा हामी सचेत हुनु जरुरी छ’ ओलीले भने ‘नेपाली धर्मका नाममा द्धन्द, काटाकाट, मारामार गर्दैनन् । त्यो धर्म होईन ।’ सर्वे भवन्तु सुखिन्, सर्वे सन्तु निरामय भन्ने बाक्यांशले नेपाली सबैलाई सुखी र खुसी राख्ने भन्दै नेपालीहरुले मिलेर बस्ने धर्म मान्दै आएको बताए ।
अध्यक्ष ओलीले मानिसको चेतना र भावनालाई ठिक पारे मान्छेले नै सिर्जना गरेका समस्या समाधान हुने बताए । ‘अहिले दुई खालका प्रयास भैरहेका छन् । मानिसलाई तनाव गराउनेहरु एकातर्फ सक्रिय छन् भने अर्कोतर्फ बिज्ञहरुले यज्ञका माध्यामबाट सुव्यवहारतर्फ लैजाने प्रयास भैरहेका छन् । मानिस मानिसबीच द्धन्द घटाउन धर्मका माध्यामबाट प्रेम भाव फैलाउने काम पनि भएका छन् ।’
बागलुङको पञ्चकोटमा जारी ब्रमण्डीय महायज्ञको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै ओलीले सकारात्मक विचारको सयौं बर्ष प्रचार हुने बताए । बुद्धका उपदेशको उदाहरण दिँदै ओलीले बुद्धका मुर्ति तोड्ने, शास्त्र जलाउने र बुद्धमार्गीहरु लखेट्नेहरु शान्तिका लागि बुद्धका उपदेश पढ्ने गरेको सुनाए । उनले बुद्धका उपदेश २६ सय बर्षसम्म पनि उत्तिकै महत्पूर्ण रहेको भन्दै सकारात्मक सोँचको दिर्घकालिन महत्व हुने बताए ।
आफु प्रधानमन्त्री हुँदा पञ्चकोटको विकासका लागि दश करोड रुपैयाँ बिनियोजन गरेको स्मरण गर्दै ओलीले धर्मका नाममा बिनियोजन भएको बजेट बाटोमा अल्मलिन नमिल्ने बताए । उनले ढिलोचाँडो पञ्चकोटको विकासका लागि सरकारले दिएको बजेट आउने बताए । विश्वका सबै घरमा शालग्राम पुर्याउन सकिने भन्दै ओलीले त्यसका लागि शालग्रामको महत्वको प्रचार गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->