बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शिवालयहरुमा भक्तजनको भीड

शिवालयहरुमा भक्तजनको भीड


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८०, शुक्रबार

बागलुङ/महाशिवरात्रीको अबसरमा जिल्लाका विभिन्न शिव मन्दिर तथा अन्य संस्थामा पनि बिशेष पूजा तथा कार्यक्रमहरु सम्पन्न भएका छन् ।
बागलुङ नगरपालिका वडा नंं ४ को गौरीधाम शिवमन्दिरमा शुक्रवार सयौं भक्तजन पुगेर पूजागरेका थिए । यहाँ पर्वत, बागलुङ र म्याग्दीका सयौं भक्तजन पुगेका हुन् । तीन घण्टा सम्म लाइन बसेर यहाँ पुजा गर्नेको भीड लागेको वडा अध्यक्ष कुमार बिक्रम क्षेत्रीले बताए ।
त्यस्तै बानपा ९ मा रहेको आशापूर्णेश्वर महादेव मन्दिर, काठेखोला ५ मा रहेको त्रिपुरेश्वर शिवालय मन्दिर, गलकोट नगरपालिका वडा न.ं ३ को शिव मन्दिर सहित दर्जनौं स्थानमा भक्तजनको भीड लागेको थियो । पर्वतको गुप्तेश्वर र अलपेश्वर, शिवालय चोक स्थित शिव मन्दिर, खडेश्वर शिव मन्दिर, म्याग्दीको गलेश्वर धाम लगायतमा सयौं भक्तजन पुगेर शिवको पूजा गरेका थिए ।
शिवरात्रीलाई भगवान शिव जन्मोत्सवको रुपमा पनि लिने गरिएको छ । त्यसैले शिवरात्रीको दिन पूजा गर्ने, गाइको दूध चढाउने र रात्रीमा जाग्राम बस्ने चलन समेत छ ।
८८ शिव जन्मोत्सव मनाइयो
त्यस्तै ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय बागलुङ क्षेत्रीय कार्यालयमा ८८ औं शिव जन्मोत्सव तथा महाशिवरात्री र शिवझण्डोत्तोलन कार्यक्रम सम्पन्न भयो । उक्त अबसरमा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले राजनीतिक दल र अन्य संगठनले देशमा राजनीतिक परिवर्तन, व्यवस्थाप परिवर्तनमा भूमिका खेलेपनि त्यसपछिको व्यवस्थापन गर्न नसकेको बताए । उनले आम नागरिकको चाहना पुरा गर्न नसक्दा राजनीतिमाथी वितृष्णा आएको भन्दै अध्यात्मबादमा बाँध्न सकेमा बितृष्ण नआउने बताए । ‘राजनीतिमा कामको तारिका मिलेको छैन, त्यसैले असन्तुष्टी छ’ उनले भने, ‘समाजमा प्रेम र भातृत्वको भावना बिकास गर्न ढीला भैसकेका रहेछौं ।’ ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयले भातृत्व र शान्ति स्थापनामा भूमिका खेलेको उनले बताए । राजनीतिमा पनि त्यहाँको जस्तै अनुशासन र शान्ति चाहिएको उनको भनाइ छ ।


ब्रम्हाककुमारी साबित्री दिदीको अध्यक्षता, गीता दिदीको संचालन र शान्ति दिदीको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्मा, एमाले काठेखोलाका अध्यक्ष डिलबहादुर कार्की लगायतले शिवरात्रीको शुभवकामना दिएका थिए । त्यस्तै कार्यक्रममा थापाले शिव नाम भएको झण्डातोलन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->