बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वातावरणबिद शिलसिला आचार्य प्रभावशाली महिलाको सूचिमा

वातावरणबिद शिलसिला आचार्य प्रभावशाली महिलाको सूचिमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८०, शुक्रबार

बागलुङ/वातावरणबिद् शिलसिला आचार्य प्रभावशाली महिलाको सूचिमा परेकी छिन् । बानपा-१ का राजेन्द्र आचार्य र इन्दु आचार्यकी छोरी शिलसिलालाई अन्तराष्ट्रिय महिला दिवशको अबसर पारेर उक्त सूचिमा राखिएको हो ।
अनलाइन खबर डटकमले छनौट गरेको नेपालभरका ५० प्रभावशाली महिलाको सूचिमा आचार्यको नाम पनि सूचिकृत छ । छनौट भएका ५० जनामध्ये समाज सेवा, कला, साहित्य, संस्कृति, खेलकुद, राजनीति र बिज्ञान तथा अन्य क्षेत्रमा क्रिायशिल महिला समेत छन् । अनलाइन खवरले बनाएको ४ सदस्यीय निर्णयक मण्डलले यो सूचि प्रकाशित गरेको हो ।
हाल हिमालयन क्लाइमेट इनिसिएटिभको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत शिलसिला बिद्यालय देखिनै अध्ययनशिल थिइन् । उनले वातावरण बिज्ञानमा काठमाण्डौ विश्वविद्यालयबाट स्नातक र नर्वेको युनिभर्सिटी अफ बर्गनबाट सन् २०११ मा जैबिक बिबिधता र वातावरण व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन् । आचार्य भक्तपुर ग्रिन हाइवेकी अभियान्ता पनि हुन् ।
उनले एमबिबिएस अध्ययन गर्न छात्रवृत्तिमा नाम समेत निकालेकी थिइन् । तर उनले त्यो क्षेत्र छाडेर वातावरण संरक्षणमै ध्यान दिएकी थिइन् । बाबु राजेन्द्र म्याग्दीमा कार्यरत भएकोले बेनीबाट एसएलसी, एनआइसी कलेज डिल्लीबजारबाट आइएससी अध्ययन गरेपछि उनी वातावरण क्षेत्रमा सक्रिय बन्न थालेकी हुन् ।
उनका बैनीहरु सिजन र सिखा समेत आफ्नै क्षेत्रमा अब्बल छन् । सिजन जनस्वास्थ्य क्षेत्रमा त सिखा वन बिज्ञानका बिद्यार्थी र सोधार्थी समेत हुन् । भाइ शितल इन्जिनियरिङमा बिद्यावारिधि गरिसकेका छन् । छोराछोरीले पाएको सफलताले गर्व लागेको राजेन्द्र आचार्यले बताए । उनी नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति हुन् । ‘बिद्यालय तहदेखिनै रुची अनुसार पढ्ने अबसर र माया दिंदा सबैले एकएक क्षेत्रमा उत्कृष्ठता देखाए’ उनले भने, ‘पढ्ने वातावरण दिन सकेकोमा खुसी छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->