बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

महिला दिवसमा जागरण अभियान

महिला दिवसमा जागरण अभियान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८०, शुक्रबार

बागलुङ/१ सय १४ औं अन्तराष्ट्रिय महिला दिवश साताव्यापी कार्यक्रम गरेर समापन भएको छ । मार्च ८ को दिन मुल समारोह गर्ने भएपनि महाशिवरात्री परेकोले अघिल्लो दिन मुल समारोह गरेर शुक्रबार बिशेष जागरण अभियानमार्फत समापन गरिएको हो ।
महिला दिवश मुल समारोह समितिले बागलुङको गौरीधाम शिव मन्दिर पुगेर सचेतनामूलक कार्यक्रम गर्दै दिवशको समापन गरेको हो । उक्त अबसरमा संविधानसभा सदस्य तथा गण्डकी प्रदेश कानून तथा प्रदेश मामिला समितिकी सभापति चम्पादेवी खण्डकाले महिलाको उत्थान हुँदा समाजकै उत्थान हुने बताइन् । उनले महिलालाइ अधिकार दिने मात्र नभइ व्यवहारिक रुपमा सक्षम पनि बनाउनुपर्ने बताएकी थिइन् ।
उक्त अबसरमा महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा, अन्तरपार्टी महिला संजालकी अध्यक्ष सीतादेवी सापकोटा कंडेल, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य लक्ष्मी बास्कोटा लगायतले महिलाको आर्थिक अबस्था उकास्ने कार्यक्रम ल्याएर दिवशको सार्थकर्ता खोज्नुपर्ने बताए । सयौंको भीड रहेको गौरीधाममा भजन तथा अन्य क्रियाकलाप समेत सचेतनामुलक गरिएको थियो ।
त्यस अघि साताव्यापी भएको कार्यक्रम अन्र्तगत मुल समारोह, ¥याली, द्वन्द्वपीडित महिलाको अधिकार बिषयक गोष्ठी तथा बागलुङ नगरपालिका वडा नं. ८ र ९ लाई लक्षित गरेर महिला स्वास्थ्य शिविर समेत संचालन गरिएको थियो ।
त्यस बाहेक महिला हक अधिकार, प्रजनन अबस्था बिषयक वृहत अन्तरक्रिया पनि सम्पन्न भयो । जिल्लामा क्रियासिल महिला कर्मचारी, जनप्रतिनिधि, अन्तरपार्टी महिला संजाल, सहितको उपस्थितिमा कार्यक्रम भएको संजालकी अध्यक्ष सीतादेवी सापकोटा कंडेलले जानकारी दिइन् । उक्त अबसरमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले महिलाको वर्तमान अवस्था र अधिकार बिषयक कार्यपत्र समेत प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा राजनीतिक दलका नेतृत्वमा रहेका महिलाले प्रस्तुतीकरण माथी टिप्पणी र आफ्ना धारणा प्रस्तुत गरेका थिए । राजनीतिक दलका भातृसंगठनको रुपमा महिला संघसंगठनले पनि यो साताव्यापी कार्यक्रममा भाग लिएर आफ्ना आफ्ना गतिविधि संचालन गरेका थिए । कतिपय संगठनले यही मौकामा प्रशिक्षण तथा सचेतना अभियान पनि संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->