बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

महिला दिवसमा गण्डकीका उत्कृष्ट १६ महिला सम्मानित

महिला दिवसमा गण्डकीका उत्कृष्ट १६ महिला सम्मानित


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८०, शुक्रबार

पोखरा / ११४औं अर्न्तराष्ट्रिय महिला दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा क्रियालि उत्कृष्ट १६ जना महिलालाई सम्मान गरेको छ ।

सम्मानित हुने सबै जनालाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्र दिइएको छ । सम्मानित हुनेमा राससका फोटो पत्रकार राधिका कँडेल, पत्रकारद्धय दुर्गा अधिकारी र प्रतिक्षा काफ्ले, सामाजिक अभियान्ताद्वय कमला पराजुली र विना सिलवाल, साहसिक पर्यटनतर्फ फुन्जो झाङम लामा, पूर्णिमा श्रेष्ठ, मनु गुरुङ, दिकी ल्हमु लामा, नानुमाया गुरुङ र कमला गिरी रहेका छन् ।

खेलकुदतर्फ रेखमाया गुरुङ, भाषा संस्कृतितर्फ तारामाया थापा र उद्यमशीलतातर्फ चन्द्रकला राना, कान्छी गुरुङ र हिरा भट्टराई सम्मानित भएका छन् ।

कार्यक्रममा विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट सात वटा महिला सहकारी संस्थालाई पनि सम्मान गरिएको छ । प्रतिसहकारीलाई रु. ७५ हजारसहित सम्मानपत्र दिइएको थियो । शुक्रबार बिहान प्रभातफेरीसागै विभिन्न कार्यक्रम गरेर महिला दिवस मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारीले सरकारले पहिलोपटक विभिन्न क्षेत्रका क्रियाशील महिलालाई सम्मान दिएकोप्रति खुसी व्यक्त गरे । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले सम्मान कार्यक्रमलाई आगामी वर्षदेखि निरन्तरता दिने बताउँदै सम्मानको कार्यविधि सच्याएर लैजाने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->