बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङको ऐतिहासिक चैतेदशैं मेला ३० चैतदेखि ६ बैशाखसम्म आयोजना हुने

बागलुङको ऐतिहासिक चैतेदशैं मेला ३० चैतदेखि ६ बैशाखसम्म आयोजना हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०८०, शनिबार

बागलुङ / चैत दशैंका अवसर पारेर विगतका बर्षमा झैँ यो वर्ष पनि बागलुङमा चैते दशैं मेला आयोजना गरिएको छ । कालीका भगवती गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा आगामी चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म बागलुङ नगरपालिका १ बाल उद्यानमा मेला आयोजना गरेको हो ।

लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउन लागिएको कालीका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताए ।

‘गन्तव्य बागलुङ कालीका: कला र संस्कृतिको प्रवर्द्धन-स्थानीय उत्पादन, ब्यापार र पर्यटन प्रवर्द्धन’ मुल नारा तय गरिएको छ ।

मेलाको अवसरमा कालीका कप खुला भलिबल प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यान लगायतका कार्यक्रम समावेश गरिएको छ ।

बागलुङ सदरमुकाममा सयौं वर्षदेखि चल्दै आएको चैत्राष्टमी मेला यो वर्ष जिल्लामा क्रियाशील संघ संस्था, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको कालीका गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।

कालीका गुठी व्यवस्थापन समितिका प्रेस सल्लाहकार राजभण्डारीका अनुसार मुलुककै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङको कालीका भगवती मन्दिरमा सो अवधिमा पाँच लाखभन्दा बढी भक्तजन पूजा गर्न आउने अनुमान गरिएको छ ।

उनीहरुले आफूले भाकल गरेका बोका, हाँस, कुखुरा, राँगो सयौंको संख्यामा बलि दिने चलन छ । ऐतिहासिक रूपमा हुँदै आएको चैते दशैं मेलामा विगतमा भन्दा यो वर्ष धेरै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->